logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • काठमाडौँ उपत्यकामा आजदेखि पोलियोविरुद्ध विशेष खोप अभियान

    काठमाडौँ उपत्यकामा आजदेखि पोलियोविरुद्ध विशेष खोप अभियान

    301
    Shares
    काठमाडौँ उपत्यकामा आजदेखि पोलियोविरुद्ध विशेष खोप अभियान

    काठमाडौँ । सरकारले आजदेखि काठमाडौँ उपत्यकामा पोलियोविरुद्धको विशेष खोप अभियान सुरु गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखाले आजदेखि साउन १२ गतेसम्म खोप दिन लागेको हो ।

    मन्त्रालयले जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर–घरमै पुगेर खोप दिइने जनाएको छ । नियमित खोप लगाएका बालबालिकाले पनि यो खोप अनिवार्य लिनुपर्ने बताइएको छ ।

    काठमाडौँका ढलमा ‘भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३’ भेटिएपछि सरकारले विशेष खोप अभियान चलाएको हो ।

    बागमती र टुकुचामा मिसिएको पानी परीक्षणमा उक्त भाइरस पुष्टि भएको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend