logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रदेश सरकार:

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यसहित ९ मन्त्रीले लिए शपथ

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यसहित ९ मन्त्रीले लिए शपथ

    637
    Shares
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यसहित ९ मन्त्रीले लिए शपथ

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । आचार्यसहित एमाले–कांग्रेसका ८ जना बिनाविभागीय मन्त्रीहरुले पनि पद तथा गोपनियताको शपथ लिएका हुन् ।

    उनीहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् ।

    एमाले संसदीय दलका उपनेता समेत रहेका आर्चाय सोमबार संविधान १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिने सहमति भएको थियो ।

    सोही सहमति अनुसार एमाले र कांग्रेसले सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम फाइनल गरिसकेका छन् ।

    कांग्रेसबाट मन्त्रीमा गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मीले सपथ लिएका छन् ।

    एमालेबाट रुपन्देहीका भुमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेमबहादुर सारु र दाङकी सीता शर्मा रहेका छन् ।

    मन्त्रालय भागबन्डामा सहमति नजुटेकोले उनीहरूको मन्त्रालय भने तोकिएको छैन ।

    कांग्रेसले  ५ मन्त्रालय पाएको भएपनि अहिले सरकारमा चार जनामात्र पठाएको छ ।

    आज बिनाविभागीय रुपमा शपथ लिएका सबै मन्त्रीलाई बिहीबारसम्म मन्त्रालयको जिम्मेवारी दिने बताइएको छ ।

    लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपाल, राप्रपाले सरकारलाई समर्थन गर्ने मौखिक सहमति जनाएपनि अहिलेसम्म सहभागी छैनन् ।  उनीहरुका लागि २ मन्त्रालय खाली राखिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend