काठमाडौँ । डिसेम्बर–मे महिनामा इजिप्टको वाह्य ऋण ८.४३ प्रतिशतले घटेको छ । देशको इतिहासमा सबैभन्दा तिब्र पाँच महिनाको गिरावट पछि वैदेशिक ऋण मे महिनाको अन्त्यसम्ममा १५३.८६ अर्ब डलर पुगेको छ ।
इजिप्टको खुद अन्तर्राष्ट्रिय सञ्चितिले जुनमा ४६.३८ अर्ब डलरको सर्वकालीन उच्च रेकर्ड कायम गरेको छ । जबकि शुद्ध विदेशी सञ्चिति ब्यालेन्सले ७.९ महिनाको आयातको मूल्य कभर गर्न पर्याप्त छ ।
जुन भुक्तानी सुरक्षाको लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त न्युनतम अवधि भन्दा बढी छ । जनवरीमा ११.४ अर्ब डलरको घाटाको तुलनामा जुनमा केन्द्रीय बैंकको खुद विदेशी सम्पती घाटाबाट १०.३ अर्ब डलर सरप्लसमा परिणत भएको अधिकारीले बताए ।