शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

जहाजमा सवारमध्ये चार जनाको शव निकालियो

जहाजमा सवारमध्ये चार जनाको शव निकालियो

काठमाडौँ । त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्समा सवारमध्ये चार जनाको शव निकालिएको छ । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९ एन एएमई जहाज दुर्घटना भएको थियो ।

दुर्घटनास्थलबाट उद्धारकर्ताहरुले ४ जनाको शव निकालेका हुन् भने केहीलाई उद्धार गरेर अस्पताल लगिएको छ ।

उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेका थिए ।

जहाज दुर्घटनालगत्तै गृहमन्त्री रमेश लेखक घटनास्थलतर्फ लागेका छन् । जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने केही नजिकको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो ।

जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानस्थलबाट उड्नेबित्तिकै एकाएक खसेको हो ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend