logo

२०८१ असोज ८ मंगलबार

logo
  • मंगलबार, ८ असोज २०८१
  • विचौलियाहरुको पहलमा नयाँ गठबन्धन बन्यो : अध्यक्ष दाहाल

    विचौलियाहरुको पहलमा नयाँ गठबन्धन बन्यो : अध्यक्ष दाहाल

    378
    Shares
    विचौलियाहरुको पहलमा नयाँ गठबन्धन बन्यो : अध्यक्ष दाहाल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले सुशासनको पक्षमा काम गरेपछि सरकार ढालेको आरोप लगाएका छन् ।

    बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा नरबहादुर कर्मचार्यको स्मृति सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सामाजिक न्याय, देशभित्र र बाहिर रहेका नेपाली युवाहरुको पक्षमा काम गर्दा सरकार ढालेको बताए ।

    उनले युवालाई सामाजिक सुरक्षामा आवद्ध गर्ने र उनीहरुका हक हितको पक्षमा केही महत्वपूर्ण निर्णय लिएसँगै सरकार ढालिएको बताए । उनले विचौलियाहरुको पहलमा नै नयाँ गठबन्धन बनाइएको जिकिर गर्दै विचौलियकै पक्षमा सरकारले काम गर्ने बताए । उनले पछिल्ला दुई गिरफ्तारीपछि सरकार परिवर्तनको चलखेल भएको बताए ।

    उनले प्रतिगमनको खतराबिरुद्ध पार्टीलाई एकतावद्ध गर्ने र जनतासँग जोडिएर जरुरी पर्दा आन्दोलनको तयारी गर्ने कुरामा आफूहरुको मुख्य लक्ष्य रहेको बताए ।

    उनले भने, ‘अहिले पनि पार्टीको नेतृत्वमा हाम्रो नेतृत्वमा भएको सरकारले सुशासनको पक्षमा केही गम्भीर पहल गर्दै थियो । यो सबैलाई थाहा भएकै कुरा हो । सामाजिक न्यायको पक्षमा पनि देशभित्र र देश बाहिर रहेका नेपाली युवाहरुको पक्षमा उनीहरुलाई सामाजिक सुरक्षामा आवद्ध गर्ने र उनीहरुका हक हितको पक्षमा केही महत्वपूर्ण निर्णय हामीले गरेका थियौँ ।

    देशभित्र पनि सामन्ती अत्याचारका अवशेषहरु मिटरब्याज जस्ताका बिरुद्ध कानूनी र व्यवहारिक संघर्षका रेकर्डहरु बनाएकै थियौँ । अर्थतन्त्र अफ्ठ्यारो स्थितिमा हुँदा हुँदै पनि हामीले धेरै मेहनत गरेर बिस्तारै त्यसलाई लयमा ल्याउने कोशिस गरेका थियौँ र लयमा आउँदै पनि थियो । अझ मुख्य रुपमा सुशासनको पक्षमा नेपालको इतिहासमा नै पहिलो पटक सरकारको तर्फबाट दूरगामी पहल भएपछि एउटा वर्ग, तप्का, भ्रष्टाचारमा लिप्त हुने तत्वहरु तिनीहरुको लागि त्यो सह्य भएन ।

    सुशासनको पक्षमा माओवादी नेतृत्वको सरकारले खेलिरहेको भुमिका वा सामाजिक न्यायको पक्षमा खेलिरहेको भुमिका, समृद्धि, अर्थतन्त्रमा सुधारको निम्ति खेलिरहेको भुमिका सह्य भएन र निकै षड्यन्त्रमुलक ढंगले, निकै अपारदर्शी ढंगले र हामीले भन्ने गरेका छौँ, आम जनतामा पनि यो कुरा मोटामोटी स्थापित छ, विचौलियाहरुको पहलमा नै नयाँ गठबन्धन बनाइयो । उनीहरको हितमा नै यसले काम गर्दछ ।

    हामी सरकार छोड्दा पनि तपाईंहरुले देख्नुभयो, आफ्ना कुरालाई सशक्त रुपले संसदमा राखेर हामी वैचारिक, राजनितिक र सरकारबाट गर्नसक्ने कुराहरु गर्दागर्दा विजेताको रुपमा बाहिर आयौँ । जो सरकारमा गएका छन, उनीहरु पराजित मानसिकतामा छन् । उनीहरु रक्षात्मक र हामी आक्रामक ढंगले आफ्ना कुरा राख्ने स्थिति बनेको छ । आम जनताले पनि यो भ्रष्टाचारीलाई सरकारले कारबाही गर्दै गरेर दुई जना पछिल्लो चरणमा गिरफ्तार भएपछि नै यो सरकार बनेको भन्नेकुरा जनताले बुझेको छ । हाम्रो लागि राम्रो आधार बनेको छ, जनतामा जाने । त्यसलाई संगठनमा बदल्नु छ ।’

    अध्यक्ष दाहालले आफू नेतृत्वको सरकारको कामबाट आम जनतामा निराशा नरहेको जिकिर गरे । उनले आफू विजयी भएर बेदाग निस्किएको भन्दै ओम्नी, गिरिबन्धु, नक्कली भूटानी शरणार्थी कुनैपनि भ्रष्टाचारका प्रकरणमा आफूहरु नमुसिएको बताए । उनले पार्टीलाई अझ उचाईमा लैजाने, जनतामा जाने कुरामा संकल्प गर्नुपर्ने बताए ।

    उनले जनताले संविधानबाट प्राप्त गरेको उपलब्धि उल्ट्याउने खतरा रहेको बताए । प्रधानमन्त्री ओलीप्रति लक्षित गर्र्दै संविधान मिच्नेको नेतृत्वमा गठबन्धन बनेको बताए । प्रतिगामी कदमको खतरा अझै रहेको बताए । उनले सरकारमा जाने सोचमा आफूहरु नरहेको भन्दै अब जनतामा जाने जिकिर गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend