logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • जहाज दुर्घटनाबाट यात्रुहरुको निधन भएकोमा संसदीय समितिद्वारा शोक प्रस्ताव पारित

    जहाज दुर्घटनाबाट यात्रुहरुको निधन भएकोमा संसदीय समितिद्वारा शोक प्रस्ताव पारित

    469
    Shares
    जहाज दुर्घटनाबाट यात्रुहरुको निधन भएकोमा संसदीय समितिद्वारा शोक प्रस्ताव पारित

    काठमाडौं । संसदीय समितिले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएकोप्रति शोक प्रस्ताव पारित गरेको छ ।

    बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले त्रिभूवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा यात्रुहरुको निधन भएको भन्दै शोक प्रस्ताव पारित गरेको हो ।

    बैठकले मृतकको परिवारप्रति समवेदना व्यक्त गरेको छ । त्यस्तै उद्धार गरिएको जहाजका पाइलट लगायतका घाइतेहरुको शिघ्र उपचार गर्न पनि ध्यानाकर्षण गराइएको छ । बैठकले घाइतेहरुको सु–स्वास्थ्यको कामना समेत गरेको छ ।

    बैठकको निर्णयबारे जानकारी दिँदै समिति सभापति रामहरि खतिवडाले भने – ‘आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा जनधनको क्षति भएकोमा समिति शोक व्यक्त गर्दछ । मृतक परिवारमा समवेदना प्रकट गर्दछ । पाइलट लगायत उक्त घटनामा घाइते हुनेहरुको शिघ्र उपचार होस् र सु–स्वास्थ्यको कामना कामना गर्दछ ।’

    बैठकमा बोल्दै सांसदहरुले जहाज दुर्घटनामा जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गरेका थिए । उद्धार र घाइतेहरुको उपचारको व्यक्त शिघ्र गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend