सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

सौर्य एयरलाइन्स दुर्घटना : उद्धारका लागि सशस्त्रको १०७ जनाको टोली परिचालन

सौर्य एयरलाइन्स दुर्घटना : उद्धारका लागि सशस्त्रको १०७ जनाको टोली परिचालन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधवार भएको सौर्य एयरलाइन्स दुर्घटना उद्धारका लागि सशस्त्र प्रहरीले थप १०७ जना परिचालन गरेको छ ।

१९ नम्बर बगलामुखी विशेष कार्यदल गणबाट सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा १०७ जनाको टोलीबाहेक एपीएफ अस्पतालबाट १ जना डाक्टरसहित ५ जना स्वास्थ्यकर्मी खटाएको सशस्त्र प्रहरीले जनाएको छ ।

बुधवार बिहान ११ बजे काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९ एन एएमई जहाज जहाज जमिन छाडने बित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेका थिए ।

एयरलाइन्सका पाइलट मनिष शाक्यको जीवित उद्धार गरिएको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend