सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

विमान दुर्घटनामा सौर्य एअरलाइन्स व्यवस्थापनकै ५ जना

विमान दुर्घटनामा सौर्य एअरलाइन्स व्यवस्थापनकै ५ जना

काठमाडौं । बुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा अधिकांश सौर्य एअरलाइन्सको व्यवस्थापन समूहकै परेका छन् ।

व्यवस्थापन समूहमा रहेका १० मध्ये चार जनाले ज्यान गुमाएका हुन्‌ ।

काठमाडौँबाट पोखरा उड्ने क्रममा ग्राउन्ड छाड्नेवित्तिकै ९ एन एएमई विमान दुर्घटना भएको थियो ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले १८ जनाको मृत्यु भएको जनाएको छ ।

एयरलाइन्सका पाइलट मनिष शाक्यको उपचार भईरहेछ ।

एअरलाइन्सका चिफ अफ सेफ्टी सागरकुमार आचार्य, चिफ अफ क्वालिटी एसुरेन्स दिलीप बर्मा, सीएएमओ अश्विनकुमार निरौला, मर्मत व्यवस्थापक यज्ञप्रसाद पौडेल र चिफ अफ अप्रेशन (क्याप्टेन) मनीषरत्न शाक्य दुर्घटनामा परेका हुन्‌ ।

यी हुन् सौर्य एयरलाइन्सको जहाजमा सवार यात्रुहरु :

अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend