logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • सेयर बजार घटे पनि ३ वर्षयताकै उच्च कारोबार

    सेयर बजार घटे पनि ३ वर्षयताकै उच्च कारोबार

    518
    Shares
    सेयर बजार घटे पनि ३ वर्षयताकै उच्च कारोबार

    काठमाडौं । निरन्तर बढेको सेयर बजार बुधबार घटेको छ । आज शेयर बजारमा गिरावट आएको छ । लगातार ६ दिनदेखि देखिएको हरियालीमा बुधबार ब्रेक लागेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २७.३२ अंक घटेर २५३६.११ अंकमा रोकिएको छ।

    बजार घटेपनि १६ अर्ब २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो कारोबार रकम ३ वर्ष यताकै उच्च हो । यसअघि २०७८ भदौ ३ गते २० अर्ब ४० करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो ।

    बुधबार ३ कम्पनीको कारोबार सर्किट लेबलमा भएको छ भने २ वटा समूहका सूचकमात्र बढेका छन् । आज सबैभन्दा बढी हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार भएको छ । हिमालयन रिको ३६ करोड ७ लाख रुपैयाँ सेयर किनबेच भएको छ । यस्तै शिवम सिमेन्टको ३४ करोेड २२ लाख रुपैयाँ, अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेडको २९ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

    बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको छ । बैंक ब्याजदर पनि निरन्तर घटेको छ । बजारले ३ वर्षे लामो बियरिस चक्र पनि पार गरेकाले आगामी दिन बजार ३२ सय अंकमाथि जाने संभावना छ । २८ खर्ब रुपैयाँमा झरेको बजार पुँजीकरण बढेर ४० खर्ब रुपैयाँ माथि पुगेको छ । यसबाट पनि बजारमा राम्रो अवस्था रहेको पुष्टि हुन्छ ।

    यस दिन ३ सय ११ कम्पनीको ४ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ११ उपसूचक राताम्य भएका छन् । बुधबार बैंकिङ समूहको १.२१ प्रतिशत, विकास बैंक समूहको ०.५६ प्रतिशत, हाइड्रोपावर समूहको १.५७ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.८३ प्रतिशत, जीवन बीमा समूहको ०.३१ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.३५ प्रतिशत सेयर मूल्य घटेको छ ।

    आज बोटलर्स नेपाल तराई र एशियन हाइड्रोपार लिमिटेडका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । चन्द्रागिरी हिल्सका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् ।

    आज चिरख्वा हाइड्रोका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन्

     

    यो पनि :

    लगानीकर्तामा उत्साह आउँदा सेयर बजार २८ महिनायताकै उच्च विन्दुमा, मंगलबार ७५.३३ अंकको वृद्धि

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend