logo

२०८१ असोज ८ मंगलबार

logo
  • मंगलबार, ८ असोज २०८१
  • सडक विभागका ईन्जिनियर खतिवडाको ‘प्रेम कहानी’को भिडियो सार्वजनिक

    सडक विभागका ईन्जिनियर खतिवडाको ‘प्रेम कहानी’को भिडियो सार्वजनिक

    2.3K
    Shares
    सडक विभागका ईन्जिनियर खतिवडाको ‘प्रेम कहानी’को भिडियो सार्वजनिक

    काठमाडौं । कविता, गीत तथा गजल लेखनमा सक्रिय रहेका ईन्जिनियर प्रमोद खतिवडाको रचनामा ‘प्रेम कहानी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाल सरकारको निजामती सेवा अन्तर्गत सडक विभागमा कार्यरत रहेका ईन्जिनियर प्रमोद खतिवडाले प्रेम वियोगलाई समेटेर ‘प्रेम कहानी’ बोलको आफ्नो रचनाको पाँचौ गीतको भिडियो सार्वजनिक गरेका छन् ।

    चर्चित गायक तथा सफल संगीतकार सबिन लिम्बुको स्वर तथा संगीत रहेको यो गीत एकोस्टिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको हो । उक्त गीतको शब्दमा माया, प्रेमको तिर्सना, छटपटी र प्रेम वियोगलाई समेटिको छ ।

    एफोरए ईन्टरटेनमेन्ट युटुब च्यानलबाट हालै भिडियो सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियोको निर्देशन तथा सम्पादन युवाराज खत्रीले गरेका हुन भने छायाँकन सुजन श्रेष्ठले गरेका छन् ।

    उक्त म्यूजिक भिडियोमा कलाकार मुक्ति उप्रेती र सीया क्षेत्रीको उत्कृष्ट अभिनय रहेको छ । सो म्यूनिक भिडियोलाई बजारमा ल्याउन महत्वपूर्ण भूमिका आयुब केसीको रहेको गीतकार ई. खतिवडाले उल्लेख गरे । आफ्नो अन्य गीतहरुको तुलनामा ‘प्रेम कहानी’को म्यूजिक भिडियो उत्कृष्ट बनेको गीतकार ई. खतिवडाले बताए । आफ्नो रचनाहरुमध्ये उत्कृष्ट लागेको यो गीत सर्वाधिक रुचाइने दावी समेत गीतकार ई। खतिवडाको छ ।

    स्मरण रहोस्, उत्कृष्ट कविता, गीत तथा गजल लेखनमा कृयाशिल गीतकार ई. खतिवडा हालै भएको निजामती कर्मचारी संगठनको गजल प्रतियोगितामा समेत दोस्रो भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend