बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

सौर्य एयरलाइन्स विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय आयोग गठन

सौर्य एयरलाइन्स विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय आयोग गठन

काठमाडौँ । बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले आयोग गठन गरेको छ । सरकारले विमान दुर्घटनाबारे जाँचबुझ गरी दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय आयोग गठन गरेको हो ।

आयोगको संयोजक नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन रहेका छन् भने सदस्यहरूमा दिपुराज ज्वारचन, डा. सुदिप भट्टराई सञ्जय अधिकारी र सदस्य सचिवमा मुकेश डंगोल रहेका छन् ।

सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङका अनुसार आयोगलाई जाँचबुझ गरी ४५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश दिएको छ ।

आज (बुधबार) बिहान पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थल नजिक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । त्यस्तै, एक जना घाइते भएका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend