logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • २०२३ मा जापानको जनसङ्ख्यामा सबैभन्दा ठूलो गिरावट

    २०२३ मा जापानको जनसङ्ख्यामा सबैभन्दा ठूलो गिरावट

    945
    Shares
    २०२३ मा जापानको जनसङ्ख्यामा सबैभन्दा ठूलो गिरावट

    सिन्ह्वा । जापानी नागरिकको जनसंख्या २०२३ मा ८ लाख ६१ हजार (०.७० प्रतिशत) गिरावट भएको छ । एक वर्ष अघिको तुलनामा १२ करोड १५ लाख ६१ हजार ८०१ मा झरेको हो ।

    १९६८ मा सर्वेक्षण शुरु भएदेखि सबैभन्दा ठूलो गिरावट भएको छ । जनवरी १, २०२४ सम्म आन्तरिक मामिला र सञ्चार मन्त्रालयद्वारा गरिएको जनसांख्यिकी सर्वेक्षण अनुसार, विदेशी बासिन्दाहरू सहित जापानको जनसंख्या १२ करोड ४८ लाख ८५ हजार १७५ थियो ।

    जुन लगभग ५ लँख ३२ हजार कम थियो । अप्रिल २०२३ मा देशको कोभिड–१९–सम्बन्धित सीमा नियन्त्रण उपायहरूको अन्त्यले अन्तर्राष्ट्रिय विद्यार्थीहरू र प्राविधिक इन्टर्नहरूलाई फर्काउन सहज भएकोले वर्षमा देशमा विदेशी जनसंख्या ३ लाख २९ हजार ५३५ वा ११.०१ प्रतिशतले बढेर ३३ लाख २३ हजार ३७४ पुगेको छ ।

    देशका सबै ४७ प्रिफेक्चरहरूमा विदेशी बासिन्दाहरू बढेको छ । पहिलो पटक ३० लाख नाघेको छ भने राजधानीमा मानिसहरूको उच्च आवतजावतका कारण टोकियोमा मात्रै जापानी जनसंख्यामा ३ हजार ९३३ ले वृद्धि भएको छ ।

    टोकियो, चिबा र ओकिनावाका तीन प्रिफेक्चरहरूमा विदेशी बासिन्दाहरू सहितको कुल जनसंख्या वर्ष–दर–वर्ष बढेको छ । अन्य ४४ प्रान्तहरूमा यो घटेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend