logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • मुस्लिम समुदायको सांस्कृतिक धरोहरहरुको संरक्षण गर्न माग

    मुस्लिम समुदायको सांस्कृतिक धरोहरहरुको संरक्षण गर्न माग

    231
    Shares
    मुस्लिम समुदायको सांस्कृतिक धरोहरहरुको संरक्षण गर्न माग

    काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायले प्रयोग गर्दै आएको मस्जिद, कब्रिस्तान र इदगाहको जग्गा संरक्षण गर्न सरकारसँग आग्रह गरेका छन् ।

    मुस्लिम आयोगले आयोजना गरेको मुस्लिम समुदायको सांस्कृतिक धरोहरहरुको संरक्षण एवं विकास विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले मुस्लिम समुदायले प्रयोग गर्दै आएको मस्जिद, कब्रिस्तान र इदगाहको जग्गा हडप्ने काम भइरहेकोप्रति मुस्लिम समुदायले संरक्षणका लागि आग्रह गरेको बताए । उनले कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा सहकारीमन्त्री बलराम अधिकारलाई बोलाएर मुस्लिम समुदायका सांस्कृतिक धरोहरहरु संरक्षणका लागि आग्रह गरेको बताए ।

    कार्यक्रममा मन्त्री अधिकारीले मन्त्रालयले गर्नसक्ने सहयोगका लागि आफू सधैँ सकारात्मक रहेको बताएको पनि अध्यक्ष अन्सारीले बताए । उनले अहिलेको सरकारको भावना पिछडीएका वर्गलाई सम्बोधन गर्ने रहेकाले मुस्लिम समुदायले पनि सोहीअनुसार न्याय पाउनेमा आशावादी रहेको बताए । अध्यक्ष अन्सारीले काठमाडौंका मुस्लिम समुदायले प्रयोग गर्दै आएको स्वयम्भूस्थित कब्रिस्तान सानो भएकाले सो बारेमा सरकारले सोच्नुपर्ने बताए ।

    उनले भने, ‘मुस्लिम समुदायको उहाँको मन्त्रालय मातहतमा रहेको समस्या जुन लामो समयदेखि मस्जिदको जग्गा, कब्रिस्तानको जग्गा, इदगाहको जग्गा मुस्लिम समुदायले भोगचलन गर्दै आइरहेको छ । तर लालपूर्जा नलिएको थियो । पहिला आफ्नो भएपछि भयो, किन लिनपर्छ र ? भन्ने थियो । अहिले आएर ठाउँठाउँमा विवाद हुने, समस्या सिर्जना हुने भएको छ ।

    मान्य मन्त्रीज्युकै मन्त्रालयको इस्यु भएकाले यसमा छलफल गरेका हौँ । कतिपय ठाउँमा चिहानको जग्गा मिचिरहेको अवस्था छ । स्थानीय निकायले समेत मिचिरहेको छ । यस्ता समस्याहरु छन् । काठमाडौंमा पहिलादेखिको चिहान एउटा छ, स्वयम्भूमा । विद्युत प्राधिकरण भएको ठाउँमा रत्नपार्कमा पहिला चिहान थियो । त्यो ठाउँमा सरकारले सट्टापट्टा गरेर स्वयम्भूमा दियो ।

    त्यो अलि सानो ठाउँ दिएकाले पुरेर पनि हामीले चार, पाँच वर्ष अघिदेखि फेरि प्रयोग गर्ने कार्य भइरहेको छ । भोलिको दिनमा भरिसकेपछि पुर्ने ठाउँ पनि रहँदैन । त्यसकारणले वैकल्पिक कब्रस्तान काठमाडौंको हकमा आवश्यक छ भनेका हौँ । यस्ता समस्या जुन छन्, ति समस्या समाधान गर्न भूमिसुधारमन्त्रीलाई बोलाएर कुरा राख्यौँ । उहाँले बोल्ने क्रममा आफूबाट हुने समाधान गर्ने प्रतिवद्धता गर्नुभयो । अहिलेको सरकारको भावना पिछडीएका वर्गलाई सम्बोधन गर्ने छ ।’

    अध्यक्ष अन्सारीले मुस्लिम समुदायको हक, अधिकार, उत्थानका लागि सरकारले आवश्यक काम गर्नेमा विश्वस्त रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend