सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

राष्ट्र बैंकले ल्यायो लचिलो मौद्रिक नीति, यी क्षेत्रमा छ लचकता (पूर्णपाठसहित)

राष्ट्र बैंकले ल्यायो लचिलो मौद्रिक नीति, यी क्षेत्रमा छ लचकता (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमा नीतिगत दर घटाएको छ ।

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले हालको नीतिगत दर ५.५ प्रतिशतलाई ५ मा झारिएको बताए । त्यस्तै बैंक दर ७ प्रतिशतबाट ६.५ प्रतिशतमा झारिएको छ ।

अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई मौद्रिक नीतिमार्फत निरन्तरता दिइएको गभर्नर अधिकारीले जानकारी दिए । उनले उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड दिँदै वित्तीय स्थायित्व कायम हुने गरी नियामकीय व्यवस्थाहरू तर्जुमा गरिएको बताए ।

गभर्नर अधिकारीले सरकारले लिएको ६ प्रतिशत आर्थिक वृद्धिलाई सहयोग पुग्ने गरी कर्जा विस्तार हुने बताए । अधिकारीले साढे ५ प्रतिशत मुद्रास्फिती कायम राख्ने बताए ।

उनले बैंक तथा वित्तीय संस्थाबाट कर्जा विस्तार लक्ष्य भन्दा कम भएको बताएका छन् ।

मौद्रिक नीतिमा नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमयदरलाई मौद्रिक नीतिको अंकुशको रुपमा यथावत राखिएको छ । मुद्रास्फीतिलाई ५.० प्रतिशतको हाराहारीमा राख्ने गरी मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गरिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend