सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

मौसमजन्य विपद‍मा परी १ सय ३९ जनाको मृत्यु

मौसमजन्य विपद‍मा परी १ सय ३९ जनाको मृत्यु

पहिरोमा बेपत्ता भएकाको खोजी कार्य दमौली (तनहुँ), २२ असारः तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा परेर बेपत्ता भएकाको खोजी कार्य गरिँदै । पहिरोमा परेर तीन जना बेपत्ता भएका छन् । तस्बिर ः कृष्ण न्यौपाने÷रासस

काठमाडौँ । मौसमजन्य विपद‍मा परी आज अपराह्नसम्म मुलुकभर एक सय ३९ जनाको मृत्यु भएको छ । बाढी, पहिरालगायत विपदमा परी काठमाडौँ उपत्यकामा दुई, कोशीमा २२, मधेसमा छ, बागमतीमा २९, गण्डकीमा ३८, लुम्बिनीमा २४, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

बाढीपहिरामा परी कोशी र बागमती प्रदेशमा दुई/दुई तथा गण्डकी र कर्णाली प्रदेशमा एक/एक गरी छजना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ । विपद‍मा परी एक सय ५६ जना घाइते भएका छन् ।

बाढीका कारण जम्मा एक सय ८४ घर डुबानमा परेका छन् भने दुई सय ३८ घर, ८६ गोठ, ४३ पुल, दुई विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्का घटनाबाट चार हजार ३० घरपरिवार विस्थापित भएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend