logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • सन्दीप र दीपेन्द्र आबद्ध भेनकुवरको लगातार दोस्रो हार

    सन्दीप र दीपेन्द्र आबद्ध भेनकुवरको लगातार दोस्रो हार

    1K
    Shares
    सन्दीप र दीपेन्द्र आबद्ध भेनकुवरको लगातार दोस्रो हार

    एजेन्सी। ग्लोबल टि-ट्वान्टी लिगको आफ्नो दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध भेनकुवर नाईट्सले लगातार दोस्रो हार बेहोरेको छ ।

    क्यानडाको सीएए सेन्टर, ब्राम्पटनमा शनिबार भेनकुवरलाई बंगाल टाईगर्सले २२ रनले पराजित गर्‍यो । बंगालले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याएको भेनकुवरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो ।

    भेनकुवरका लागि हर्ष ठाकरले सर्वाधिक अविजित ७९ रन बनाए । उनलेले ६७ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । डिवान प्रिटोरियसले २५ बलमा २९ रन बनाउँदा रिजा हेनरिक्सले १० रन जोडे।

    नेपालका अलराउन्डर दीपेन्द्रले भने २ बलमा मात्र १ रन बनाए । सन्दीप २ रनमा अविजित रहे । बंगालका लागि कप्तान साकिब अल हसनले ३ तथा गुरपाल सिन्धु, डेबिड विजे र शरिफुल ईस्लामले समान १ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।

    बंगालका लागि इफ्तिखार अहमदले ४० बलमा ५० तथा हरजततुल्लाह जाजईले २८ बलमा ३३ रन बनाए । डिलान हेलिङ्गरले २७ र प्रगत सिंहले २० रन जोडे ।

    भेनकुवरका लागि सन्दीपले २ विकेट लिए । उनलेले ४ ओभरमा ३२ रन खर्चिएर २ महत्त्वपूर्ण विकेट लिएका थिए । लगातार दुई खेलमा पराजित भेनकुवर अङ्क बिहिन रहदै पाँचौ स्थानमा छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend