logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेप्सेमा दोस्रो सर्किट, ४० मिनेटका लागि बजार बन्द

    नेप्सेमा दोस्रो सर्किट, ४० मिनेटका लागि बजार बन्द

    777
    Shares
    नेप्सेमा दोस्रो सर्किट, ४० मिनेटका लागि बजार बन्द

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रोपटक सकारात्मक सर्किट लागेको छ ।

    आजको कारोबार सुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो ।

    त्यस्तै, दोस्रोपटक कारोबार शुरु भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशत बिन्दुले बढेर पाँच प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।

    नेप्से सूचक १ सय २९ अंकले बढेर २६ सय ९७ पुगेको छ । ५२ करोड ४९ लाख ६३ हजार कारोबार भएको छ ।

    २ सय २१ कम्पनीको सेयर मूल्य बढ्दा ११ कम्पनीको मूल्य घटेको छ ।

    नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबी बैंक, ग्लोबल बैंक र प्रभु बैंकको सर्किट लागेको छ भने हिमालयन बैंक, कृषि बिकास बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक र प्राइम कमर्सियल बैंकको सर्किट लेभलमा सेयर कारोबार भएको छ ।

    चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको हो ।

    राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्षमो मौद्रिक नीतिमा धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरुलाई सहमति प्रदान गरिसकेको छ ।

    मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोड रुपैयाँ सीमा खारेज गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

    यो पनि : 

    मौद्रिक नीतिको सकारात्मक प्रभाव, १ सय २ अंक बढेपछि सेयर बजार बन्द

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend