सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

रास्वपाको कारबाहीविरुद्ध मुकुल ढकालले दिए निर्वाचन आयोगमा निवेदन

रास्वपाको कारबाहीविरुद्ध मुकुल ढकालले दिए निर्वाचन आयोगमा निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफैं आधिकारिक महामन्त्री रहेको दाबीसहित निर्वाचन आयोग गुहारेका छन् । पार्टीको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट मुक्त भएका ढकालले आफूमाथि भएको कारबाही अवैधाननिक भन्दै आइतबार निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

ढकाललाई पार्टी केन्द्रीय समितिको बैठकले २५ असारमा पदबाट हटाएको थियो ।

पदीय भूमिकाबाट मुक्त गरेको पार्टीले आफूलाई औपचारिक पत्र हालसम्म नदिएको निवदेनमा लेखेका छन् ।

राजनीतिक दल सम्बन्धीको ऐनको दफा १८ (२), रास्वपाको विधानको व्यवस्था, संविधानको धारा २६९ (४), राजनीतिक दलसम्बन्धी ऐन अनुसार आफूमाथिको कारबाही अवैधानिक भएको ढकालले दाबी गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend