logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मौद्रिक नीतिले जलविद्युत र घरजग्गा व्यवसायीको मागलाई गर्यो उपेक्षा

    मौद्रिक नीतिले जलविद्युत र घरजग्गा व्यवसायीको मागलाई गर्यो उपेक्षा

    602
    Shares
    मौद्रिक नीतिले जलविद्युत र घरजग्गा व्यवसायीको मागलाई गर्यो उपेक्षा

    काठमाडौं । व्यवसायीहरुले मौद्रिक नीतिले जलविद्युत र घरजग्गा व्यवसायीहरको मागलाई उपेक्षा गरेको बताएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/०८२ को लागि शुक्रबार जारी मौद्रिक नीतिले जलविद्युत र घरजग्गा व्यवसायीहरुको मागलाई उपेक्षा गरेको बताएका हुन् ।

    उनीहरुले अर्थतन्त्रलाई चलायमान बनाउने र मुलुकलाई समृद्ध बनाउने दुवै क्षेत्रलाई मौद्रिक नीतिले समेट्न नसकेको आरोप लगाए । व्यवसायीहरुले घरजग्गा व्यवसायीहरुका माग सम्बोधन गर्दा विगतको जस्तै घरजग्गा कारोबारमा विकृति आउँछ भन्ने भ्रममा राष्ट्र बैंकले मौद्रिक नीतिमा समावेश नगरेको आरोप घरजग्गा व्यवसायीहरुको छ ।

    मुलकलाई समृद्ध बनाउने क्षेत्र ऊर्जा भन्ने तर कार्यान्वयन गर्ने अवस्था सिर्जना भएको उनीहरुले बताए । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्थाका वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले इप्पानले राखेको दुई वटा मागलाई समेत मौद्रिक नीतिमा समावेश नगराइएको बताए । उनले मौद्रिक नीतिमार्फत निजी क्षेत्रका ऊर्जा विकासकर्तालाई कुनैपनि आकर्षित र सहजीकरण गर्ने नीति नआएको बताए ।

    उनले मौद्रिक नीतिमार्फत निजी क्षेत्रका ऊर्जा विकासकर्तालाई कुनैपनि आकर्षित र सहजीकरण गर्ने नीति आएकोप्रति इप्पानको गम्भीर आपत्ति रहेको उल्लेख गरे । उनले राष्ट्र बैंकका गर्भनरबाट समेत पटक पटक निजी क्षेत्रलाई आकर्षित गर्नेगरी नीति ल्याउने सार्वजनजिक घोषणा गरे पनि मौद्रिक नीतिमा कतै पनि माग सम्बोधन नहुनु निजी क्षेत्र बिरोधी भएको आरोप लगाए ।

    मौद्रिक नीति निजी क्षेत्रलाई हतोत्साहित बनाउने प्रपञ्च भएको बताए । उनले लगानीमैत्री वातावरण निर्माण र निजी लगानीकर्तालाई आकर्षण गर्ने भनिए पनि मौद्रिक नीति दुवैमा निजी क्षेत्रलाई बेवास्ता गरेको बताए । उनले निजी क्षेत्रप्रतिको सरकारको व्यवहार र शैली ठिक उल्टो गतिमा अघि बढेको स्पष्ट संकेतहरु देखिन थालेको बताए ।

    उनले १० वर्षभित्र छिमेकी राष्ट्रमा १० हजार मेगावाट बिजुली दीर्घकालीन रुपमा निर्यात गर्ने दुई देशबीचको सम्झौतालाई कार्यान्वयनका लागि सहायता पुग्नेगरी मौद्रिक नीति नआउनुले सरकारप्रतिको विश्वास र भरोसामाथि नै निजी क्षेत्र शशंकित भएको बताए ।

    उनले भने, ‘राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति लचिलो र खुकुलो मौद्रिक नीति ल्याएको छ । सबैले स्वागत गरेका छन् । पछिल्लो समय लयमा आएको ऊर्जा क्षेत्र हो । तर मौद्रिक नीतिले उर्जा क्षेत्रमा केही गर्ला भन्ने थियो । हामीले धेरै ठूला माग राखिएका थिएनौं । दुईवटा मात्रै मागहरु थिए ।

    मौद्रिक नीतिले ऊर्जा क्षेत्रलाई छोएन । एक लाइनमा समावेश गरे पनि त्यो लगानीकलाई संकुचन गर्ने गरी छ । ऊर्जा क्षेत्रको विकास र प्रवद्र्धन गर्ने गरी अहिलको मौद्रिक नीति आएन । हाम्रो माग ३९ सय मेगावटका आयोजनाहरु पीपीए भएर फाइनान्स क्लोजर नभएर बसेका छन् ।त्यस्ता आयोजनाहरुलाई सहजिकरण गरिदिनु पर्यो भन्ने माग हो ।

    मुलुकलाई समृद्ध बनाउन सक्ने एउटा मात्रै जलविद्युत क्षेत्र हो । तर राष्ट्र बैंकले ऊर्जा क्षेत्रलाई प्राथमिकता दिएन । राष्ट्र बैंकका गभर्नरले ऊर्जाको क्षेत्र राम्रो छ भनेर बोल्ने तर कार्यान्वयन गर्ने काम गर्नु भएन । जलविद्युतको लागि वार्षिक २ प्रतिशत वृद्धि गरेर २० प्रतिशत पुर्याउन माग गरेका थियौं ।’

    नेपाल घरजग्गा आवास तथा विकास महासंघका अध्यक्ष भेषराज लोहनीले मौद्रिक नीति तुलानामत्मक रुपमा लचिलो आएको बताए । उनले लचिलो मौद्रिक नीति आएपनि घरजग्गा कारोबार क्षेत्रलाई उपेक्षा गरिएको बताए । उनले घरजग्गा व्यवसायीहरुका मागलाई मौद्रिक नीतिले कतै पनि समावेश नगरेको बताए ।

    उनले समग्र मौद्रिक नीतिमा समावेश गरेका व्यवस्थाहरुले पनि घरजग्गा कारोबारमा सुधार हुने अवस्था देखिए पनि घरजग्गा कारोबारलाई मात्रै प्राथमिकता राखेर मौद्रिक नीति नआएको बताए ।

    उनले भने, ‘मौद्रिक नीति तुलानात्मक रुपमा लचकता नै आयो । तर घरजग्गा कारोबारको क्षेत्रलाई मात्रै हेर्ने हो भने मौद्रिक नीतिले घरजग्गा कारोबारको क्षेत्रलाई समावेश भएन । व्यवसायीहरुले माग गरेका व्यवस्थाहरु समावेश गरेन । घरजग्गा कारोबारमा खुकुलो बनाउँदा पहिलाको जस्तै घरजग्गामा बुम ल्याउँदा र विकृति ल्याउने सोच्नुभयो होला । तर त्यो दृष्टिकोण गलत भयो ।

    घरजग्गामा धेरै ठूलो लगानी रहेको छ । ठूलो पुँजी घरजग्गा कारोबारमा अड्किएको छ । घरजग्गा कारोबारलाई चलायमान बनाउनको लागि राष्ट्र बैंकले व्यवसायीहरुका मागलाई सम्बोधन गर्नुपर्ने हुने थियो । त्यो नगर्नु राष्ट्र बैंकको ठूलो भुल हो । सामान्य रुपमा समावेश भएका कुराहरुले घरजग्गालाई चलायमान बनाउँछ ।’

    उनले घरजग्गा कारोबारमा खुकुलो बनाउँदा पहिलाको जस्तै घरजग्गामा बुम ल्याउँदा र विकृति ल्याउने सोच्नु गलत भएको बताए । उनले धेरै ठूलो पुँजी घरजग्गा कारोबारमा अड्किएको भन्दै मौद्रिक नीतिले सहजिकरण गर्ने अपेक्षा सफल नभएको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend