logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सवा अर्ब लगानीमा निर्माणाधीन चारतारे भैरहवा रिसोर्ट भदौभित्र पूर्ण क्षमतामा चल्ने

    सवा अर्ब लगानीमा निर्माणाधीन चारतारे भैरहवा रिसोर्ट भदौभित्र पूर्ण क्षमतामा चल्ने

    1.1K
    Shares
    सवा अर्ब लगानीमा निर्माणाधीन चारतारे भैरहवा रिसोर्ट भदौभित्र पूर्ण क्षमतामा चल्ने

    काठमाडौं । निजी लगानीमा निर्माणाधीन चारतारे स्तरको भैरहवा गार्डेन रिसोर्ट आउँदो भदौभित्र व्यवसायिक रुपमा पूर्ण क्षमतामा सञ्चालनमा आउने भएको छ । होटलले गत फेब्रअरीमा ‘सफ्ट लञ्च’ गरेर ३८ कोठा सञ्चालनमा ल्याएको छ । फेब्रुअरीदेखि नै स्विमिङपूल, रेष्टुरेन्ट र कन्फरेन्स हल सञ्चालनमा आइसकेका छन् ।

    होटलमा ७२ कोठाको छ । बाँकी ३४ कोठाका साथै ब्याँकवेट र क्यासिनो पूर्वाधार निर्माण भइरहेको भैरहवा गार्डेनले जनाएको छ । अहिलेसम्म होटलको ८० प्रतिशत वित्तीय प्रगति भएको छ ।

    होटलको अनुमानित लागत १ अर्ब २५ करोड १० लाख रुपैयाँ रहेको छ । ७५ प्रतिशत बैंकको ऋण र बाँकी २५ प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) लगानी हुने भएको छ । भैरहवा गार्डेनले १ अर्ब २ करोड रुपैयाँ बैंकको ऋण लिएको छ । दीर्घकालिन ऋण १ अर्ब र २ करोड रुपैयाँ अल्पकालिन ऋण रहेको होटलले जनाएको छ ।

    सफ्ट लञ्च भएको होटलले अहिलेसम्म २ करोड २० लाख रुपैयाँको व्यापार पनि गरेको छ । बाँकी ३४ कोठा, क्यासिनो र ब्याँकवेट सञ्चालनमा आएपछि होटलको व्यापार बढ्नेछ । होटलका एकल सञ्चालक निर्मल श्रेष्ठ हुन् । उनको हस्पिटालिटी र पर्यटन व्यवसायमा तीन दशक लामो अनुभव रहेको छ ।

    होटल रुपन्देहीको भैरहवामा रहेको छ । होटल लुम्बिनी क्षेत्रबाट नजिक रहेको छ । यस्तै भारत सीमा ५ किलोमिटर दुरीमा रहेको छ । होटलले भारतीय पर्यटकहरुलाई लक्षित गरी क्यासिनो सञ्चालनमा ल्याउन लागेको हो ।

    गुणस्तरीय र टिपिकल खानाको स्वाद दिदै शान्त र मनोरम ठाउँमा पाहुनाको सत्कार गर्ने योजनासहित रिर्सोट सञ्चालनमा ल्याइएको हो । व्यवसायी श्रेष्ठले पाल्पामा होटल द ह्वाईट लेक तथा भैरहवामा होटल द ह्वाईट लोटस चलाइरहेका छन् । श्रेष्ठले सुविधासम्पन्न पर्यटकमैत्री होटल सञ्चालन गर्ने योजनासहित भैरहवा गार्डेन रिसोर्ट निर्माण गरेका हुन् ।

    होटलमा एकपटकमा ८५ जनासम्म अट्ने क्षमतासहितको रेष्टुरेण्ट, कफी सपको छुट्टै आउटलेट, पुलबार, २५ जनादेखि १ सय ५० जनासम्म अट्ने छुट्टाछुट्टै कन्फ्रेन्स रुम रहेका छन् । साथै स्वीमिङ पुल, फिटनेश सेन्टर, स्पा एण्ड वेलनेस सेन्टर, साउना र स्टिम वाथको सुविधा पनि रहेको होटलले जनाएको छ ।

    होटलमा दक्ष तथा अनुभवी सेफ, विभिन्न स्तरिय होटल तथा हस्पिटालिटी क्षेत्रका अनुभवी कर्मचारी रहेका छन् । होटलमा पर्याप्त पार्किङका साथै ईलेक्ट्रिक गाडीका लागि चार्जिङ प्वाईन्टको व्यवस्था समेत गरिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend