
काठमाडौँ । आज दुई पटक सकारात्मक सर्किट लागेको शेयर बजारमा उत्साह देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११३.४२ अकं बढेर २६८१.५६ बिन्दुमा कायम भएको छ ।
आज १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३१८ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ ।
आइतबार १२ उपसूचकमा हरियाली आएको छ । यसदिन वाणिज्य बैंकको ९.८९ प्रतिशत, विकास बैंक समूहको ४.८७ प्रतिशत, फाइनान्स समूहको १.२९ प्रथिशत, होटल तथा पर्यटन समूहको ०.४६ प्रतिशतले शेयर मुल्य बढेको छ । यता, माइक्रोफाइनान्स समूहको शेयर मूल्य मात्र घटेको छ ।
आज २२ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, आज गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ३५ प्रतिशतका दरले गुमाएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend