logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • दाङको शान्तिनगरमा १५ वर्ष मुनिको फुटबल प्रतियोगिता सम्पन्न

    दाङको शान्तिनगरमा १५ वर्ष मुनिको फुटबल प्रतियोगिता सम्पन्न

    1.9K
    Shares
    दाङको शान्तिनगरमा १५ वर्ष मुनिको फुटबल प्रतियोगिता सम्पन्न

    दाङ । दाङको शान्तिनगरमा सम्पन्न सर्वाधिक राशिको १५ वर्ष मुनिको फुटबल प्रतियोगिताको उपाधि आयोजक बी टिमले जितेको छ ।

    साउन ४ गतेबाट सुरु भएको प्रतियोगितामा साउन १२ गते हाम्रो पहुचँलाई पेनाल्टीमा रोक्दै बाघमारे बी टिमले उपाधि हासिल गरेको थियो । १५ वर्ष मूनिको प्रथम खुल्ला फुटबल प्रतियोगिताको उपाधि बाघमारे बीले जितेको हो ।

    खेलमा सर्वाधिक ७ गोल गर्दै नितेश योगीले बेस्ट स्कोररको उपाधि हासिल गरेका थिए । प्रतियोगितामा बाघमारे जर्सि नं. ७ का खेलाडीले बेस्ट मिड, बेस्ट डिफेन्समा बाघमारेका जर्सि नं. ८ का खेलाडी र बेस्ट किपरमा बाघमारेकै गोलकिपरले उपाधि जितेका थिए ।

    खेलमा प्रथम हुने टिमले नगद २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र सहित पुरस्कृत भएका थिए । त्यसै गरी उपबिजेता टिम हाम्रो पहुँचले नगद ८ हजार रुपैयाँसहित मेडल प्रमाणपत्र हासिल गरेको थियो । खेलमा १६ ओटा टिम सहभागी थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend