logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • पार्टी संसदीय दलको उपनेता चयन गर्न देउवालाई शशांकको आग्रह

    पार्टी संसदीय दलको उपनेता चयन गर्न देउवालाई शशांकको आग्रह

    784
    Shares
    पार्टी संसदीय दलको उपनेता चयन गर्न देउवालाई शशांकको आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले पार्टी संसदीय दलको उपनेता चयन गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

    आईतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

    पार्टीका पूर्वमहामन्त्री समेत रहेका कोईरालाले दलको नेताको अनुपस्थितिमा कार्यभार सम्हाल्नुपर्ने भएकाले पनि सभापति देउवाले उपयुक्त व्यक्तिलाई संसदीय दलको उपनेता चयन गर्न ढिलाई गर्न नहुने बताए । उनले सभापति देउवाले उपनेता किन चयन नगरेको भनि प्रश्न समेत गरे ।

    पार्टीका सिनियर नेताहरु मध्येबाट उनले संसदीय दलको उपनेता बनाउनुपर्ने महामन्त्री कोईरालाको भनाई थियो । उनले आफूलाई सो जिम्मेवारी दिए स्वीकार गर्ने पनि बताए ।

    नेता कोइरालाले भने, ‘किन बनाउनुभएन । केही कारण होला उहाँको मनमा । तर उपनेता त उहाँले चयन गर्नुपर्ने हो । मलाई पनि लाग्छ– उपनेता बनाउनु पर्छ । उहाँको अनुपस्थितिमा उपनेताले बागडोर सम्हाल्छ नि । त्यसैले उपनेता चाहीँ हुनुपर्छ । तर किन त्यो भएको छैन, शेरबहादुर देउवाजीलाई नै सोध्नुपर्ला ।

    त्यो किन बनाउन भएन भनेर उहाँलाई नै सोध्नुपर्छ ? मलाई यसको बारेमा थाहा भएन । बनाउनुपर्ने हो । किन बनाउनु भएन ? त्यो भन्न सक्दिन म । म त आकांक्षी होइन । तर बनाउनु हुन्छ भने त अब मैले नाई भन्दिन । तर उहाँले उपयुक्त व्यक्तिलाई बनाउनु पर्छ । सिनियर मान्छेलाई बनाउनुपर्छ भन्ने लाग्छ ।’

    नेता कोईरालाले सिनियर नेतालाई पार्टी संसदीय दलको उपनेता बनाउनुपर्ने पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend