logo

२०८१ पुष २४ बुधबार

logo
  • बुधबार, २४ पुष २०८१
  • प्रधानमन्त्री समक्ष सबै मन्त्रालयद्वारा बिफ्रिङ, मंगलवार निर्देशन दिने

    प्रधानमन्त्री समक्ष सबै मन्त्रालयद्वारा बिफ्रिङ, मंगलवार निर्देशन दिने

    889
    Shares
    प्रधानमन्त्री समक्ष सबै मन्त्रालयद्वारा बिफ्रिङ, मंगलवार निर्देशन दिने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयको काम कारबाहीबारे बिफ्रिङ लिएका छन् । आईतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री, मन्त्रीसहितको उपस्थितिमा सबै मन्त्रालयका सचिवबाट मन्त्रालयको कामबारे जानकारी लिएका हुन् ।

    जनतामा छाएको निराशा चिर्ने उद्देश्यका साथ काम गर्न प्रधानमन्त्रीले सबै मन्त्रालयको कामको जानकारी लिने काम गरेको खानेपानी मन्त्री प्रदीप यादवले जानकारी दिए । मन्त्रालयले आ–आफ्नो समस्यासहितको भावी रणनीति सहितको प्रश्तुती गर्ने काम सकिएको र साउन १५ गते मंगलबार प्रधानमन्त्रीले मन्त्रालयहरुलाई आवश्यक निर्देशन दिने मन्त्री यादवको भनाई थियो ।

    बैठकमा विकासे मन्त्रालयका सचिवहरुले ठेकदारहरुको भुक्तानीको समस्यालाई जोड दिएर उठान गरेका थिए भने केहीले संविधानसँग बाझिएका कानूनहरु तत्काल संशोधन परिमार्जन गर्नुपर्ने धारणा राखेका थिए । मन्त्री यादवले सचिवहरुले दिएको बिफ्रिङलाई अध्ययन गरेर प्रधानमन्त्रीले मंगलबार निर्देशन दिने र सोही अनुसार चालु आर्थिक वर्षको काम अघि बढाउने सरकारको योजना रहेको बताए ।

    मन्त्री यादवले भने, ‘आगामी रणनीति के हो त मन्त्रालयहरुको ? त्यसैकारण सबै मन्त्रीज्यु र सबै सचिवजीहरुलाई बोलाउनु भयो । अहिलेको मन्त्रालयको वर्तमान अवस्था के छ, अवस्था कस्तो छ ? र आगामी रणनीति के हो त ? मन्त्रालयको । त्यो बुझनका निमित्त सम्माननीय प्रधानमन्त्रीज्यूले आज सबै मन्त्रीजी र सबै सचिवजीलाई बोलाउनु भएको थियो । र आज छलफल भयो । र सबै मन्त्रालयको ब्रिफिङ उहाँले सुन्नुभयो ।

    र त्यसको निर्देशन उहाँले मंगलवार दिनुहुन्छ । मन्त्रालयहरुले आफ्ना समस्या, आफ्ना भावी रणनीतिको बारेमा मन्त्रालयले कुरा राख्यो । धेरै विकासे मन्त्रालयहरुको धेरै पैसा अहिले ठेकदारहरुको दिन बाँकि छ । त्यो विषयमा पनि राख्यो । र ऐनहरुको बारेमा पनि कुरा राखियो । बाझिएका ऐनहरु संशोधन गर्नुपर्ने र आगामी रणनीति के गर्ने त ? नयाँ सरकार गठन भएको छ । भोलीको दिन जुन नागरिकमा आज निराशा छ । त्यो निराशा कसरी हटने ? त्यो विषयमा आज सबै मन्त्रालयले आ–आफ्नो बिफ्रिङ गरेको छ ।

    र त्यो बिफ्रिङको आधारमा सम्माननीय प्रधानमन्त्रीज्युले सबैकुरा सुन्नुभएको छ । उहाँको सचिवालयले टिपेको पनि छ । रेकर्ड पनि राखेको छ । र, त्यही आधारमा सम्माननीय प्रधानमन्त्रीजीले मंगलवार निर्देशन गर्नुहुन्छ । त्यसै आधारमा मन्त्रालयहरुले आफ्नो काम अगाडि बढाउँछ । अब जुन समस्या थियो मन्त्रालयको, त्यो आ–आफनो मन्त्रालयको समस्या उहाँहरुले राख्नुभयो ।

    अब सम्माननीय प्रधानमन्त्रीजीले त्यो चीज दुई दिन अध्ययन गर्नुहुन्छ । र निश्चित रुपमा नयाँ रणनीतिका साथ कसरी अगाडि बढ्ने त । त्यसैका लागि उहाँले दुई दिनको समय लिनुभएको हो । मंगलवार यसको निर्देशन दिनुहुन्छ ।’

    प्रधानमन्त्री ओलीले बोलाएको सो बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारीहरु, सबै सुरक्षा अंगका प्रमुखहरुको पनि उपस्थिति रहेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend