logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • उच्च शिक्षा ऐन र प्रतिष्ठानहरुको एकीकृत ऐनको मस्यौदा तयार गर्दैछौँ : मन्त्री भट्टराई

    उच्च शिक्षा ऐन र प्रतिष्ठानहरुको एकीकृत ऐनको मस्यौदा तयार गर्दैछौँ : मन्त्री भट्टराई

    546
    Shares
    उच्च शिक्षा ऐन र प्रतिष्ठानहरुको एकीकृत ऐनको मस्यौदा तयार गर्दैछौँ : मन्त्री भट्टराई

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ख्वप विश्वविद्यालय विधेयक संसदमा दर्ता हुने चरणमा रहेको बताएकी छन् । आईतबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले यस्तो बताएकी हुन् ।

    उनले तिलगंगा विश्वविद्यालय विधेयक सरकारले फिर्ता लिएको हो की भन्ने प्रश्न आएको भन्दै संसदमा दर्ता भइसकेको जानकारी दिइन् । उनले विश्वविद्यालय सञ्चालनमा देखिएका व्यवहारिक पक्षहरु आज विश्वविद्यालय भित्र अवरोधको रुपमा देखिएको भन्दै आगामी दिनमा भोग्न नपर्ने गरी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको नीति निर्माण गर्ने बताइन् ।

    उनले उच्च शिक्षा ऐन र प्रतिष्ठानहरुको एकीकृत ऐन मन्त्रालयले मस्यौदा तयार गरिरहेको पनि बताउनु भयो । मन्त्री भट्टराईले छिटै नै संसदमा पेश हुने पनि जानकारी दिइन् ।

    उनले भनिन्, ‘विश्वविद्यालयको नेतृत्व कसरी गर्ने भन्ने केही प्रश्नहरु आएका छन् । हामी पछि संशोधनमा पनि धेरै कुराहरु छलफल गर्नसक्छौँ । संशोधनमा छलफल गरेर यसलाई हामी निस्कर्षमा पुर्याउनसक्छौँ । विश्वविद्यालय सञ्चालनमा देखिएका व्यवहारिक पक्षहरु आज विश्वविद्यालय भित्र अवरोधको रुपमा देखिएका छन् । ति कुरालाई हामीले यो विश्वविद्यालय निर्माण हुँदा फेरि हामीले भोग्न नपरोस् भन्ने हाम्रो सदाशयता छ ।

    त्यसमा सकारात्मक सहमति रहेको छ । तिलगंगा विश्वविद्यालय सरकारले फिर्ता लियो की भन्ने प्रश्न थियो, यो विधेयक संसदमा प्रवेश गरिसकेको कुरा म मान्यज्युहरुलाई अवगत गराउन चाहन्छु । ख्वप विश्वविद्यालय विधेयक पनि दर्ता हुने चरणमा छ । उच्च शिक्षा ऐन र प्रतिष्ठानहरुको एकीकृत ऐन मन्त्रालयले मस्यौदा तयार गरिरहेको छ ।

    यसलाई हामीले कसरी संसदमा प्रवेश गराउने भन्नेमा पनि हामी छलफल गरेर एउटा सोच बनाएर अघि बढ्नसक्छौँ ।’

    मन्त्री भट्टराईले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई परिष्कृत गर्न मन्त्रालयले अझै आवश्यक काम गर्ने बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend