logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • दुर्घटना न्युनिकरणका लागि विशेष पहल गर्न र दुर्घटना पश्चातको प्रतिकार्यलाई चुस्त बनाउन सरकारलाई निर्देशन

    दुर्घटना न्युनिकरणका लागि विशेष पहल गर्न र दुर्घटना पश्चातको प्रतिकार्यलाई चुस्त बनाउन सरकारलाई निर्देशन

    721
    Shares
    दुर्घटना न्युनिकरणका लागि विशेष पहल गर्न र दुर्घटना पश्चातको प्रतिकार्यलाई चुस्त बनाउन सरकारलाई निर्देशन

    काठमाडौं । सभामुख देवराज घिमिरेले दुर्घटना न्युनिकरणका लागि विशेष पहल गर्न र दुर्घटना पश्चातको प्रतिकार्यलाई चुस्त बनाउन सरकारलाई निर्देशन दिएका छन् । आईतबारको प्रतिनिधि सभा बैठकमा त्रिशुली नदीमा खसेर दुर्घटना भइ निधन भएका र सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुप्रति दुःख व्यक्त गर्दै र सभ विशेष प्रस्ताव प्रस्तुत गर्दै उनले सरकारलाई सो निर्देशन दिएका हुन् ।

    उनले २०८१ असार २८ गते चितवनको सिमलटारमा पहिरोमा परी दुई वटा यात्रुवाहक बस त्रिशुली नदीमा खसेर दुर्घटना भइ दुःखद् निधन भएका र मिति साउन ९ गते काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको सिआरजे ७ विमान त्रिभूवन विमानस्थल नजिक दुर्घटना भइ १८ जनाको दुःखद् निधन भएको घटनाप्रति दुःख व्यक्त गरे ।

    दिवंगतहरुको आत्माको चीर शान्तिको कामना गर्दै बैठकले शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । दुर्घटनामा घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

    उनले भने, ‘विशेष प्रश्ताव । प्रतिनिधि सभाको यो बैठक मिति २०८१ असार २८ गते चितवनको सिमलटारमा पहिरोमा परी दुई वटा यात्रुवाहक बस त्रिशुली नदीमा खसेर दुर्घटना भइ दुःखद् निधन भएका र मिति साउन ९ गते काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको सिआरजे ७ विमान त्रिभूवन विमानस्थल नजिक दुर्घटना भइ १८ जनाको दुःखद् निधन भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्दै दिवंगतहरुको आत्माको चीर शान्तिको कामना गर्दछ ।

    शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ । साथै यो बैठक उक्त घटनाहरुमा घाइते हुनुभएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । यस्ता दुर्घटना न्युुनिरकणका लागि विशेष पहल गर्न र दुर्घटना पश्चादको प्रतिकार्यलाई चुस्त बनाउन नेपाल सरकारको धयनाकर्षण गराउँछ ।’

    प्रतिनिधि सभाले उक्त विशेष प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधि सभाको अर्को बैठक साउन १४ गते सोमवार १ बजे बस्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend