शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

इजरायली निकासी आदेशले मध्य गाजामा ठूलो मात्रामा बिस्थापन निम्त्याउने खतरा

इजरायली निकासी आदेशले मध्य गाजामा ठूलो मात्रामा बिस्थापन निम्त्याउने खतरा

काठमाडौं । इजरायली निकासी आदेशपछि मध्य गाजा पट्टीको बुरेइज शरणार्थी शिविर र त्यसको बाहिरी इलाकाबाट हजारौं प्यालेस्टाइनीहरू बिस्थापित भएका छन् ।

धेरै बिस्थापितहरू मध्य गाजाको देइर अल–बालाह र नुसेरातमा गएका थिए । इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले आइतवार बुरेइज र शुहादा क्षेत्रका बासिन्दामाथि आतंकवादी संगठनहरुद्वारा आक्रमण भएपछि उनीहरु बिस्थापित भएका हुन् ।

अद्राईले बुरेइज र शुहादाका केही भागका बासिन्दाहरूलाई उनीहरूको सुरक्षाको लागि दक्षिणी गाजाको अल–मवासीमा रहेको मानवीय क्षेत्रमा तुरुन्तै जान आग्रह गरे । इजरायली सेनाले निकासी आदेश जारी गरेको र तिब्र शत्रुताका कारण गाजाभरि दशौं हजार मानिसहरूले आन्तरिक विस्थापनको नयाँ लहरहरू अनुभव गरिरहेका छन् ।

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या बढेर ३९ हजार ३२४ पुगेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend