शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

लगानीकर्ताले पैसा खन्याउँदा तीन वर्षयताको उच्च कारोबार, एकैदिन १९ अर्ब ६० करोडको सेयर किनबेच

लगानीकर्ताले पैसा खन्याउँदा तीन वर्षयताको उच्च कारोबार, एकैदिन १९ अर्ब ६० करोडको सेयर किनबेच

काठमाडौं । सेयर बजार घटे पनि सोमबार कारोबारमा नयाँ रेकर्ड कायम भएको छ । सामान्य करेक्सन आउँदा सेयर बजार २०.४६ अंक घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २६.६१ अंकमा झरेको छ । बजार २६ सय ९५ विन्दुमा पुगेर पुनः ओरालो लागेको थियो । कारोबार रकममा चमक आए पनि नेप्से सूचक हरियो र रातो भइरह्यो ।

दोस्रो दिन सोमबार १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँ बराबरको ४ करोड ७७ लाख ९० हजार ८ सय ३७ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । कारोबार रकम ३ वर्ष यताकै उच्च हो ।

२०७८ भदौ ३ गते २० अर्ब ४० करोड रुपैयाँ सेयर कारोबार भएको थियो । सोमबार तीन वर्षअघिको कारोबार नजिक पुगेको छ ।

सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको सेयर कारोबार भएको छ । शिवम्को प्रतिकित्ता ६ सय १६ रुपैयाँमा ६१ करोड १२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै कुमारी बैंकको ५५ करोड २२ लाख र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३९ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सोमबार ७० कम्पनीको सेयर मूल्य बढ्दा १ सय ६८ कम्पनीको घटेको छ । बजार निरन्तर बढ्दै जाँदा लगानीकर्तामा विश्वास बढ्दै गएको कारोबार रकमले देखाउँछ । बैंकहरुले सस्तो ब्याजदरमा सेयर कर्जा दिएकाले पनि कर्जा लिएर सेयर लगानी गर्नेहरु बढ्दा कारोबार रकम थप वृद्धि भएको बताइएको छ ।

बजार बढ्दै जाँदा नयाँ लगानीकर्ताहरुको प्रवेश पनि भइरहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँसम्मको संस्थागत मार्जिन सीमा हटाएपछि बजारमा सकरात्मक प्रभाव देखिएको छ । यस्तै नयाँ सरकार गठन, नयाँ अर्थमन्त्री र मौद्रिक नीति सार्वजनिक यी सबै कुराहरुले बजारमा आम लगानीकर्ताको मनोबल बढेको दैनिक कारोबार रकम र बजारको प्रवृत्तिले देखाएको छ ।

नेपाल फाइनान्स लिमिटेड, मन्दाकिनी हाइड्रोपावर लिमिटेड, बारही हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस्तै आरम्भ चौतारी लघुवित्त, बोटलर्स नेपाल लिमिटेड र सिद्धार्थ इक्विटी फन्डका लगानीकर्ताले गुमाएका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend