logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • माओवादी केन्द्रको निस्कर्ष : पार्टीको वर्गीय दृष्टिकोण बोधो हुँदा पार्टी खुम्चिँदै गयो

    माओवादी केन्द्रको निस्कर्ष : पार्टीको वर्गीय दृष्टिकोण बोधो हुँदा पार्टी खुम्चिँदै गयो

    686
    Shares
    माओवादी केन्द्रको निस्कर्ष : पार्टीको वर्गीय दृष्टिकोण बोधो हुँदा पार्टी खुम्चिँदै गयो

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले शुद्धिकरणको माध्यमबाट पार्टीलाई एकतावद्ध बनाइ जनतामा जाने कुरामा जोड दिएको छ ।

    सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले शुद्धिकरणको माध्यमबाट पार्टीलाई एकतावद्ध बनाइ जनतामा र वर्गसमुदायमा जाने निस्कर्ष निकालेको बताएको हो ।

    बैठकबारे जानकारी दिँदै नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकले शुक्रबारदेखि सोमवारसम्म १८ जनाले आफ्ना धारणा राखेको र अधिकांशले पार्टी शुद्धिकरण र जनतामा जाने कुरामा जोड दिएको पनि जानकारी दिए ।

    उनले पार्टी खुम्चिँदै जानुमा जनतामा कम जानु र वर्गसमुदायबाट टाढा रहनु रहेको निस्कर्षमा नेताहरुको रहेको पनि बताए ।

    उनले भने, ‘आजसम्म १८ जना कमरेडले आफ्ना धारणा राख्नुभयो । हामीले समयको पावन्दी तोकेका थिएनौँ । स्पष्ट रुपमा आफ्ना भनाइ राख्न भनेका थियौँ । पहिलो दिन प्रश्तुत भएको एजेण्डामा नै छलफल भयो । वर्तमान परिस्थिति र पार्टी निर्माण थियो । पार्टी निर्माणमा सबैभन्दा बढी जोड शुद्धिकरण्मा दिइएको छ ।

    शुद्धिकरणको माध्यमबाट पार्टीलाई एकतावद्ध बनाइ जनतामा जाने कुरामा जोड दिइएको छ । पार्टी खुम्चिँदै जानुमा वर्गसँगको सम्बन्धमा कमी आउँदै जानु भन्ने रहेको छ । वर्गीय दृष्टिकोण भुत्ते, बोधो भयो, वर्गप्रति जोड दिन नसक्दा पार्टी खुम्चिएको छ । यसमा पनि हाम्रो व्यापक छलफल भएको छ । वर्ग र जनतासँग फर्किनुपर्छ भन्ने निचोड रहेको छ ।’

    प्रवक्ता सापकोटाले पार्टीको वर्गीय दृष्टिकोण बोधो भएको र वर्गप्रति जोड दिन नसक्दा पार्टी खुम्चिएको निस्कर्ष निकालेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend