logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • व्यवसाय गर्नेलाई सजिलो वातावरण बनाउछौं : मन्त्री सिंह

    व्यवसाय गर्नेलाई सजिलो वातावरण बनाउछौं : मन्त्री सिंह

    497
    Shares
    व्यवसाय गर्नेलाई सजिलो वातावरण बनाउछौं : मन्त्री सिंह

    काठमाडौं । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवसाय गर्नेलाई सजिलो वातावरण बनाउने बताएका छन् । उनले सहज वतावरण सिर्जना गर्नको लागि नीति निर्माण गर्ने बताएका हुन्।

    सोमबार ३०औँ कार्गो दिवसको उद्घाटन समारोहमा उनले नीति निर्माणको साथै नेपाल सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्ने बताए ।

    उनले भने, ‘नेपाल सरकारको तर्फबाट तपाईँहरूको काम गर्दा जुन नीति सम्बन्धी समस्या भोगिरहनु भएको छ । त्यसको लागि खुकुलो पार्नेदेखि लिएर व्यवस्थित गर्नको लागि भूमिका निर्वाह गर्छु । काम र व्यवसाय गर्नेहरूलाई सजिलो होस भनेर नीतिहरू ल्याउने काम वर्तमान सरकारले गरेको छ ।’

    उनले वर्तमान सरकारले अर्थतन्त्रलाई अगाडि बढाउने कामहरू गरिरहेको भन्दै कुराभन्दा पनि काम गरेर देखाउने सरकारको मान्यता रहेको बताए ।

    उनले भने, ‘तपाईँहरू के कुरामा ढुक्क भएर बस्नु भने अहिलेको सरकारले अर्थतन्त्रलाई अगाडि बढाउने कामहरू गरिरहेको छ । धेरै कुराभन्दा पनि काम गरेर देखाउनु छ । त्यसमा सरकारले गर्नुपर्ने काम भन्नुहोला । सहकार्य गरौँ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend