काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा असिमितरुपमा बाघको संरक्षण गर्न नसकिने बताएका छन् । विश्व बाघ दिवस– २०२४ को अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा विद्यार्थीले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले नेपालको जंगल र क्षेत्रफलको हिसावले धेरै बाघको वृद्धि हुनेगरी संरक्षण गर्न नसकिने स्पष्ट पारे । उनले सरकारले अन्तर्राष्ट्रिय फोरममा २०१० मा नै बाघको संख्या दोब्बर बनाएकाले अब दुई पटक दोब्बर गर्दा मानिसहरुले देश छाड्नुपर्ने अवस्था आउने धारणा राखे ।
उनले नेपालले बाहिरी देशलाई बाघ बाँड्ने सक्ने बताउनु भयो । उहाँले नेपाल भन्दा ३८ गुणा अमेजन रेनफारेस्ट जंगल ठूलो रहेकाले बाघका लागि उपयुक्त ठाउँ भएको बताए । उनले बाघको संरक्षणको लागि वान्यजन्तु र मानिसबीचको द्वन्द्व हराउने गरी प्राप्त क्षेत्र आवश्यक हुने बताए ।
उनले बाघको अनकुल ठाउँ र प्रजननका लागि उपयुक्त वातावरण हुनुपर्ने भएकाले असिमिति हुन नहुने बताए । उनले नेपालले बाघ संरक्षण गर्न धेरै मात्रामा हौसिन नहुने बताए ।
उनले भने, ‘बाघ संरक्षण गर्नुपर्छ तर २०१० मा नै हामीले बाघको संख्या डबल गर्छौं भन्यौं । हामीले हाम्रो देशको आकार प्रकार हेर्नुपर्छ । साइज कत्रो छ । कति बाघ पाल्न सक्छौं । त्यतिबेला डबल गर्ने भनेको तेब्बर भयो । अब दुई पटक बाघको संख्या डबल गर्दा मान्छेले देश छाडेर हिँडे हुन्छ ।
त्यस कारण बारम्बार बाघको संख्या डबल गर्न सम्भव छैन । हामीले एउटा लिमिट भित्र बाघको संरक्षण गर्नुपर्छ । बाधको वृद्धि पनि सीमाभित्र मात्रै गर्न सकिन्छ । हामी विभिन्न देशहरुलाई बाध बाँडिदिन सक्छौं । सिङ्गै नेपाल भन्दा ३८ गुणा अमेजन रेनफारेस्ट ठूलो छ । त्यो जंगल बाघका लागि उपयुक्त छ ।
त्यहाँ बाघ जन्मेनन् होला तर त्यहाँ हामी पठाउन पनि सक्छौं । बर्दियामा गैँडा पठाउँदैछौं । विभिन्न देशलाई गैँडा उपहार दिएका छौं । हामीले बाघको संरक्षण गर्नुपर्छ । वान्यजन्तु र मान्छेका बीचको द्वन्द्व हराउने गरी प्राप्त क्षेत्र आवश्यक हुन्छ । एउटा बाधको लागि ३६ किलोमिटर वन क्षेत्र आवश्यक हुन्छ । बाघको अनकुल ठाउँ र वातावरण दिनुपर्छ । बाघ र मान्छेका बीचको द्वन्द्व अन्त्य गनुपर्छ ।
पर्याप्त खाना र सिरकार अन्त्य गर्नुपर्छ । प्रजननका लागि उपयुक्त वातावरण हुनुपर्छ । तर असिमिति हुनुहुँदैन । त्यसलाई सिमित मात्रामा गर्नुपर्छ । हैसिनु हुँदैन । भारतले हामी भन्दा ३० गुणा बढी बाघ पाल्न सक्छ । हाम्रोमा ४६ प्रतिशत जङ्गल टुक्रा–टुक्रा छ । आरक्षणले मात्रै पुग्दैन । सघन वन क्षेत्र चाहिन्छ । प्राकृतिक वन क्षेत्र चाहिन्छ । वृक्षारोपण गरेका रुखले बाघलाई चल्दैन ।’
उनले भारतसँग प्राप्त स्थान र जंगल भएकाले नेपालले भन्दा ३० गुणा बढी बाघ पाल्नसक्ने बताए । उनले नेपालमा ४६ प्रतिशत जङ्गल टुक्रा–टुक्रा भएकाले बाघको लागि पर्याप्त जंगल नभएको बताए ।