logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • सरकारसँग विपदमा उद्धार, राहत लगायतको काममा लागि पर्याप्त सामग्री छैनः गृहमन्त्री लेखक

    सरकारसँग विपदमा उद्धार, राहत लगायतको काममा लागि पर्याप्त सामग्री छैनः गृहमन्त्री लेखक

    287
    Shares
    सरकारसँग विपदमा उद्धार, राहत लगायतको काममा लागि पर्याप्त सामग्री छैनः गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारसँग विपद् व्यवस्थापनका लागि सामग्रीहरुको अभाव रहेको बताएका छन् ।

    सोमबार सांसद डा. तोसिमा कार्कीले पेश गरेको ‘विपद् व्यवस्थापनमा पुनरावलोकन, वृहत गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्वतयारी’ सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रश्तावमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा स्वीकार गरेका हुन् ।

    मन्त्री लेखकले विपद्मा राहत र उद्धारका लागि पर्याप्त जनशक्ति पनि नभएको बताए । उनले विपद्का लागि थप जनशक्ति र सामग्रीको व्यवस्था गर्ने काममा सरकार गम्भिरतापूर्वक लागिपरेको बताए ।

    चालु मनसुन अवधिका लागि नेपाली सेनाको १० हजार ८४७, नेपाल प्रहरीको १० हजार ५८५, सशस्त्र प्रहरी बल, नेपालको ९ हजार ९२४ जनशक्ति परिचालनका लागि तयारी अवस्थामा राखिएको उनले बताए ।

    गृहमन्त्री लेखकले विपद् व्यवस्थापनका लागि सरकारले स्थानीय तहसम्म नै परिचालन हुनेगरी जोखिम न्युनिकरणको उपाय अवलम्वन गरेको बताए ।

    उनले भने, ‘हामीसँग तालिमयुक्त जनशक्ति पनि छ । हामीसँग आवश्यक औजारअघि नै माननीय साथीले इक्वीपमेण्टको कुरा गर्नुभएको थियो । म एउटा के कुरासँग सहमत छु भने हामीसँग विपदको उद्धारलगायतका कामको निम्ति आवश्यक इक्वीपमेण्ट सबै छैन । यसको थप व्यवस्थापन गर्न आवश्यक छ । जनशक्ति हामीसँग छ ।

    तर त्यो जनशक्ति पनि पर्याप्त छैन । त्यसलाई थप दक्ष बनाएर थप तालिमको व्यवस्था गरेर त्यसलाई अझै गतिशील बनाउन जरुरी छ भन्ने म आग्रह गर्न चाहन्छु । तापनि अहिले यस वर्षको मनसुन अवधिका लागि नेपाली सेनाको १० हजार ८४७, नेपाल प्रहरीको १० हजार ५८५, सशस्त्र प्रहरी बल, नेपालको ९ हजार ९२४ जनशक्ति परिचालनका लागि तयारी अवस्थामा राखिएको छ ।

    सुरक्षा निकायसँग विपद् प्रतिकार्यका लागि चाहिने औजार, उपकरणहरु तयारी अवस्थामा राखिएको छ । मैले आग्रह गरे–कतिपय पर्याप्त छैनन । र यसमा थप गर्नुपर्नेछ । र यसलाई सरकारले गम्भिरतापूर्वक लिएको छ ।’

    मन्त्री लेखकले विपद् व्यवस्थापनका लागि दक्ष जनशक्ति निर्माणमा पनि ध्यान दिनुपर्ने अवस्था रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend