logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै, सभापति चयन गरिने

    कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै, सभापति चयन गरिने

    434
    Shares
    कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै, सभापति चयन गरिने

    काठमाडौँ । आज कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ । बैठक अपरान्ह साढे ४ बजे सिंहदरबारमा बस्नेछ ।

    बैठकमा समिति सभापतिको निर्वाचन हुनेछ । समिति सभापतिका लागि नेपाली काँग्रेसबाट सांसद कुसुम थापा मगरले उम्मेदवारी दर्ता गराएकी छन् । यसअघिकी सभापति डा आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेसँगै कृषि समितिको सभापति रिक्त रहेको थियो ।

    सोमबार उम्मेदवारी दर्ता गराएकी थापा मगरको प्रश्तावक काँग्रेस सांसद वीरबहाँदुर बलायर र नेकपा एमालेका सूर्यप्रसाद ढकाल समर्थक रहेका छने् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend