काठमाडौं । लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्सको साधारणसभा साउन ३१ गते बस्दै छ ।
आइपीओ निष्कासन गर्ने तयारी गरेको कम्पनीले साउन ३१ गते बस्ने साधारण सभाबाट प्रस्ताव स्वीकृति गर्ने भएको छ।
हाल कम्पनीको ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ। नेपाल बीमा प्राधिकरणले माइक्रोइन्स्योरेन्सको ७५ करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ।
कम्पनीले चुक्ता पुँजीको ३० प्रतिशत सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ८७ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणमा उल्लेख गरेको छ।