काठमाडौं । श्री एयरलाइन्स लिमिटेडले समग्र सुरक्षा प्रणाली (एसएमएस) पालनादर ७४.६२ प्रतिशत रहेको जानकारी दिएको छ ।
श्री एयरलाइन्सले मंगलबार प्रेश विज्ञप्ती जारी गरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एसएमएस सम्बन्धि २०२३ का लागि गरेको अडिटले ७४ प्रतिशत भन्दा माथि देखाएको जनाएको छ ।
क्यानले वार्षिक क्यालेन्डरअनुसार आकास्मिक उडान, सुरक्षा जाँच, निरीक्षण र सुपरिवेक्षलाई सहयोग गर्दै आएको एयरलाइन्सले जनाएको छ ।
प्राधिकरणले हालै जारी गरेको एभिएसन सेफ्टी रिपोर्ट २०१३–२०२३ अनुसार नेपालमा सुगम क्षेत्रमा उडान दुर्घटना तथा मानविय क्षतिसहितको दुर्घटनादर शून्य रहेको श्रीले जानकारी दिएको छ ।