बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

२० महिनापछि राज्यका निर्देशक सिद्धान्त सम्बन्धी संसदीय समिति गठन हुँदै

२० महिनापछि राज्यका निर्देशक सिद्धान्त सम्बन्धी संसदीय समिति गठन हुँदै

काठमाडौँ । आम चुनावको २० महिनापछि प्रतिनिधि सभाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति गठन गर्न लागेको छ । आज बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले उक्त समिति गठन गर्ने कार्यसूची रहेको छ ।

संसदका विषयगत समितिमध्ये यो समितिको गठन भएको थिएन । यो समिति बाहेक संघीय संसदमा अन्य १५ वटा समिति २०८० साल वैशाख १५ गते गठन भएका थिए ।

मंगलबारको प्रतिनिधि सभामा यो समितिमा रहने सदस्यहरुको नाम प्रस्तुत गर्ने कार्यसूची छ । उक्त प्रस्तावलाई सभाले स्वीकार गरेसँगै समिति गठन हुनेछ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend