logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • विद्यार्थी विदेश पलायन रोक्न स्वदेशमै उच्च शिक्षाको व्यवस्था गर्छौंः मन्त्री भट्टराई

    विद्यार्थी विदेश पलायन रोक्न स्वदेशमै उच्च शिक्षाको व्यवस्था गर्छौंः मन्त्री भट्टराई

    238
    Shares
    विद्यार्थी विदेश पलायन रोक्न स्वदेशमै उच्च शिक्षाको व्यवस्था गर्छौंः मन्त्री भट्टराई

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षाको व्यवस्था गर्न सरकारले ध्यान दिने बताएकी छन् । मंगलबार त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय सभा बैठक (सिनेट) मा उवले यस्तो बताएकी हुन् ।

    उनले नेपाल आज प्रतिभा पलायनको समस्याले आक्रान्त रहेको बताए । उनले रोजगारीका अलावा उच्च शिक्षा आर्जनका लागि समेत हरेक वर्ष ठूलो संख्यामा नेपाली युवा विद्यार्थी नेपाल छोडेर अन्यत्र गइरहेको बताइन् । मन्त्री भट्टराईले युवालाई स्वदेशमै रोक्न शैक्षिक कार्यक्रमहरुलाई समयानुकलु परिमार्जन र परिवर्तन गर्नु आवश्यक रहेको बताइन् ।

    उनले त्रिभूवन विश्वविद्यालयका अनुसन्धान केन्द्रहरुलाई प्रभावकारी बनाउने पनि बताइन् । उनले सरकारले चाँडै अनुसन्धान केन्द्रहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न विश्वविद्यालय अनुदान आयोगमार्फत थप बजेट विनियोजन गर्ने बताइन् ।

    उनले भनिन्, ‘विगतमा त्रिभूवन विश्वविद्यालयका ४ वटा अनुसन्धान केन्द्रहरु निकै सक्रिय थिए । राष्ट्रिय जीवनका शिक्षा प्रशासन विज्ञान तथा प्रविधि, अर्थतन्त्र, इतिहास तथा संस्कृति लगायत लगायतका क्षेत्रमा उल्लेख्य अनुसन्धन गर्न र तिनको प्रभाव देशव्यापी रुपमा फैल्याउन सफल थिए ।

    यद्यपी हाल विभिन्न कारणले यि अनुसन्धान केन्द्रहरु अपेक्षाकृत प्रभावकारी हुन सकेका छैनन् । तर नेपाल सरकारले चाँडै अनुसन्धान केन्द्रहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न विश्वविद्यालय अनुदान आयोगमार्फत थप बजेट विनियोजन गर्ने र नेपाल सरकारका विभिन्न अनुसन्धानहरुलाई समेत विश्वविद्यालयका तिनै अनुसन्धान केन्द्रहरुमार्फत गतिविधि अख्तियार गर्ने र आगामी दिनमा ति केन्द्रहरुलाई नेपाल सरकारको थिंक ट्यांकको रुपमा विकास गर्नुपर्ने आवश्यकता देखिएको छ ।

    आगामी दिनमा यसको लागि समेत प्रयत्न अघि बढाइनेछ । नेपाल आज प्रतिभा पलायनको समस्याले आक्रान्त छ । रोजगारीका अलावा उच्च शिक्षा आर्जनका लागि समेत हरेक वर्ष ठूलो संख्यामा नेपाली युवा विद्यार्थी नेपाल छोडेर अन्यत्र गइरहेका छन् । तिनलाई स्वदेशमा नै उनीहरुको मागअनुसार उच्च शिक्षाको व्यवस्था गर्न पनि हाम्रो ध्यान जानु आवश्यक छ । यसका लागि हामीले हाम्रा शैक्षिक कार्यक्रमहरुलाई समयानुकलु परिमार्जन र परिवर्तन गर्नु आवश्यक छ ।’

    मन्त्री भट्टराईले विश्वविद्यालयले शैक्षिक क्यालेण्डरलाई कडाईका साथ लागू गर्नुपर्ने बताइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend