logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • बागमती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त

    बागमती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त

    336
    Shares
    बागमती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले विश्वासको मत प्राप्त गरेका छन् ।

    प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री लामाले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा उपस्थित एक सय तीन जना प्रदेशसभा सदस्यमध्ये ६४ मत परेको थियो ।

    प्रस्तावको विपक्षमा ३५ र तटस्थमा तीन मत परेको सभामुख भूवनकुमार पाठकले जानकारी दिए ।

    विश्वासको मतका पक्षमा सत्ता गठबन्धन दल नेपाली कांग्रेसका ३७ र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को २७ गरी जम्मा ६४ मत खसेको हो । यसैगरी विपक्षमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपाका प्रदेशसभा सदस्यले मतदान गरेका थिए भने नेपाल मजदुर किसान पार्टीका तीन जना तटस्थ बसे ।

    बैठकमा हाम्रो नेपाली पार्टीको दुई र राप्रपाका पाँच गरी सात जना अनुपस्थित रहे । बागमती प्रदेशसभा एक सय १० सदस्यीय छ ।

    प्रदेशसभाको अर्को बैठक भोलि साउन १६ गते अपराह्न १ बजे बस्नेगरी सभामुख भुवनकुमार पाठकले आजको बैठक स्थगित गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend