logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • वचत परिचालनको निम्ति सहकारी आवश्यक देखिएन : सभापति थापा

    वचत परिचालनको निम्ति सहकारी आवश्यक देखिएन : सभापति थापा

    714
    Shares
    वचत परिचालनको निम्ति सहकारी आवश्यक देखिएन : सभापति थापा

    काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले वचत परिचालनको निम्ति सहकारी नै आवश्यक नभएको बताएका छन् ।

    मंगलबार समितिले सहकारी अभियान्ताहरुसँगको छलफलमा बोल्दै सभापति थापाले काठमाडौंको टोल–टोलमा बैंकका शाखा रहेकाले सहकारी आवश्यक नभएको बताएका हुन् ।

    उनले राष्ट्र बैंकसँग जोडिएका र निश्चित सुशासनमा चलेका सहकारीहरुको आर्थिक अवस्था राम्रो रहेको बताए । उनले अहिलेसम्म समितिमा गरेका छलफल र अन्तरक्रियाले वचत तथा ऋण सहकारी धेरै भएको बताए । सभापति थापाले देशले धान्न नसक्ने गरी वचत तथा ऋण सहकारी रहेको बताए ।

    उनले सहकारी वास्तवमा छरिएर रहेको सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित हुने कुरामा ध्यान नदिँदा समस्या आएको बताए । उनले सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित भए मात्रै पनि देशको आवश्यकता सम्बोधन हुने बताए ।

    उनले वचत परिचालनको निम्ति सहकारी नै नचाहिने भन्दै सरकारले २०७७–०८७ अगाडि नै ७५३ पालिकामा बैंकहरुका एउटा शाखा पुर्याउनुपर्छ भन्ने नीति अनुसार बैंकहरुको पहुँच बढाइएको बताए । उनले काठमाडौंका टोलटोलमा बैंकका शाखा रहेकाले वचतकर्ता ठगी गर्ने सहकारी आवश्यकता नभएको बताए ।

    उनले सबैभन्दा ठगी गर्ने र सहकारीको बर्खिलाभमा चल्ने सहकारी काठमाडौं शहरमा भेटिएको बताए । उनले सहकारीमा १४ करोडसम्म वचत गर्ने गरेको पाइएको भन्दै १४ करोडसम्म सहकारीमा वचत गर्नु गैरकानूनी भएको बताए । उनले १० लाख भन्दा बढी वचत र १० लाख बढी फिर्ता गर्न बैंकमा नपाइने व्यवस्था हुने अनि सहकारीहरुले पाइने विषय राम्रो नभएको बताए ।

    उनले सुशासनको सन्दर्भमा सबै सहकारी अभियान्ताहरुले बचाएर ल्याएको सहकारी केही ठगीहरुले बिगारेको बताए । उनले समितिले छानविन गर्नु पर्ने २९ वटा सहकारीमा १२ वटा एउटै मानिसको भेटिएको बताए ।

    उनले भने,‘राष्ट्र बैंकसँग जोडिएका सहकारीहरुको आर्थिक अवस्था राम्रो छ । निश्चित सुशासनमा चलेका सहकारीहरुको आर्थिक अवस्था राम्रो छ । सहकारी कता केन्द्रित हुने भन्दा समितिमा गरेका छलफल अन्तरक्रियाले बचत तथा ऋण सहकारीको भारी धेरै भयो । देशले धान्न नसक्ने गरी भएको छ ।

    सहकारी वास्तवमा छरिएर रहेको साना पुँजी उत्पादन र सेवामा केन्द्रित हुने र सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित हुने कुरामा ध्यान दिने हो । त्यसले मात्रै मुलुकको सामाजिध र देशको आवश्यकता सम्बोधन हुन्छ । वचत परिचालनको निम्ति सहकारी नै चाहिँदैनन् । सहकारी अभियान्ताहरुका अगाडि तीतो लागे पनि लागोस् । कसलाई के प्रिय लाग्छ त्यो कुरा बोल्ने मान्छे होइन ।

    २०७७–०८७ अगाडि नै ७५३ पालिकामा बैंकहरुका एउटा शाखा पु¥याउनुपर्छ भन्ने नीति अनुसार बैंकहरुको पहुँच बढाइएको छ । काठमाडौंका टोलटोलमा बैंक छन् । सहकारी किन चाहियो रु ठग्न । सबै भन्दा ठगी गर्ने र सहकारीको बर्खिंलाभमा चल्ने सहकारी काठमाडौंमा शहरमा छन् ।

    सहकारीमा १४ करोडसम्म वचत गर्छ भने त्यो कानून विपरित हो । गैरकानूनी हो । १० लाख भन्दा बढी बचत,१० लाख बढी वचत र फिर्ता गर्न पाइदैन । बैंकहरुले नदिने सहकारीहरुले पाइन्छ । त्यो पाइँदैन । सुशासनको सन्र्दभमा सबै सहकारी अभियान्ताहरुले बचाएर ल्याएको सहकारी केही ठगीहरुले सकाए ।

    छानविन गर्नु पर्ने २९ वटा सहकारीमा १२ वटा एउटै मानिसका सहकारी छन् । १७ वटा सहकारीमा १७ थरिका औतारी छन् । ती सहकारी होइनन् । ती सहकारी कसले दर्ता गरे खोजिका विषय भएका छन् । सहकारीमा देखिको अहिलेको गम्भिर समस्या सहकारी अभियान्ताहरुको पनि असफलता हो ।’

    उनले १२ वटासम्म एउटै मानिसको नाममा सहकारी दर्ता गरिनु खोजिको विषय भएको बताए । उनले सहकारीमा देखिएको अहिलेको गम्भिर समस्या सहकारी अभियन्ताहरुको पनि असफलता भएको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend