logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • राज्य व्यवस्था समितिमा तीन मन्त्री उपस्थित, शान्ति सुरक्षा र कारागार व्यवस्थापनबारे छलफल

    राज्य व्यवस्था समितिमा तीन मन्त्री उपस्थित, शान्ति सुरक्षा र कारागार व्यवस्थापनबारे छलफल

    658
    Shares
    राज्य व्यवस्था समितिमा तीन मन्त्री उपस्थित, शान्ति सुरक्षा र कारागार व्यवस्थापनबारे छलफल

    काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा तीन जना मन्त्रीहरु उपस्थित भएका छन् ।

    मंगलबारको समितिको बैठकमा गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता उपस्थित भएका हुन् ।

    साथै बैठकमा नेपाली सेनाका प्रतिनिधि, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रहरी महानिरक्षक राजु अर्याल, मन्त्रालयका सचिवहरु लगायतको उपस्थिति रहेको छ ।

    बैठक अहिले सिंहदरबारस्थित समितिको कार्यकक्षमा जारी छ । आजको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शान्ति सुरक्षा र कारागार व्यवस्थापन सम्बन्धी विषयमा छलफल भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend