logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार बैरागीले दिए राजीनामा

    राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार बैरागीले दिए राजीनामा

    679
    Shares
    राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार बैरागीले दिए राजीनामा

    काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले पदबाट राजीनामा दिएका छन्। वैरागीले ९ साउनमै राजीनामा दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

    उनले साउन ९ गतेबाटै लागू हुने गरी राजीनामा दिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ।

    उनलाई २०८० जेठ ३२ गते राष्ट्रिय सुरक्षा परिषदमा नयाँ पद सिर्जना गरेर राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको थियो।

    वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने भएपछि बैरागीका लागि सरकारले उक्त पद सिर्जना गरेको थियो। मुख्य सचिवमा अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकारमा वैरागीको नियुक्त एकै दिन भएको थियो । पछिल्लो पटक भ्रष्टाचारको मुद्दा दायर भएपछि मुख्यसचिव अर्याल निलम्बनमा परेका छन् ।

    राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend