logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • अहिलेका मन्त्रीहरुलाई स्टन्ट गर्न जरुरी छैन, कामले प्रमाणित गरिसकेका छौँ : परराष्ट्रमन्त्री राणा

    अहिलेका मन्त्रीहरुलाई स्टन्ट गर्न जरुरी छैन, कामले प्रमाणित गरिसकेका छौँ : परराष्ट्रमन्त्री राणा

    637
    Shares
    अहिलेका मन्त्रीहरुलाई स्टन्ट गर्न जरुरी छैन, कामले प्रमाणित गरिसकेका छौँ : परराष्ट्रमन्त्री राणा

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अहिलेका मन्त्रीहरुलाई स्टन्ट गर्न जरुरी नरहेको बताएकी छन् । उनले बुधबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरिस्थित राहदानी विभाग र कन्सुलर विभागको निरीक्षण एवं अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएकी हुन् ।

    उनले अहिले सरकारमा दुई पुराना राजनीतिक दलहरु रहेको उल्लेख गर्दै आफूहरुले काम गरेर प्रमाणित गरिसकेकाले स्टन्ट देखाउनुपर्ने जरुरी नरहेको जिकिर गरिन् । उनले अहिले सरकारमा रहेका मन्त्रीहरुलाई र राजनीतिक दललाई हामी नै राम्रो हौँ भन्ने प्रमाणित गरिरहनुपर्ने अवस्था नरहेको बताइन् ।

    उनले अहिलेको सरकारले अर्थ कुटनीति र प्रत्यक्ष वैदेशिक लगानी ल्याउने गरी काम गर्ने पनि बताइन् । उनले वर्तमान सरकार कहिले ढल्ला भन्ने भय नरहेकाले ढुक्क भएर काम गर्न समस्या नरहेको बताइन् ।

    उनले दुवै राजनीतिक दलहरुको लक्ष्य देश र जनताको विकास, अर्थतन्त्रमा सुधार, सुशासन, भ्रष्टाचार नियन्त्रण रहेकाले देश परिवर्तन गरेर देखाउने प्रतिवद्धता जनाइन् ।

    उनले भनिन्, ‘सरकारमा रहेका दुई पार्टीहरु धेरै नै पुराना पार्टीहरु छन् । हामीले काम गर्नसक्छौँ । हामीले देशको लागि केही गर्नसक्छौँ भनेर स्टन्ट गर्नुपर्ने जरुरी छैन । किनभने हामीले गरेर देखाइसकेका छौँ । हामी भन्दा अगाडिको पुस्ताले धेरै गाह्रो समयमा नेपाललाई अघि सारेको पार्टी हो ।

    हामी युनिक छौँ, सबैभन्दा बेस्ट छौँ भनेर स्टन्ट गर्नुपर्ने जरुरी छैन । अहिले जुन सरकार बनेको छ, हेर्दा हामी सबै योङ, भर्खर नयाँ नयाँ छौँ । हुनतः म त्यति होइन, अरुअरु हुनुहुन्छ । इकोनोमिक डिप्लोमेसी, फरेन डाइरेक्ट इन्भेष्टमेण्टहरु यहाँ ल्याउने, पासपोर्टकै पनि नेपाली डेस्पोरा धेरै छ । अहिलेको सरकार स्टन्ट गर्न होइन, गम्भीर भएर काम गर्ने हो ।

    हामीलाई भोलि जाला की पर्सी जाला की भन्ने चिन्ता छैन, निर्धक्कका साथ काम गर्नेछौँ । दुई पार्टी भएपनि एउटै लक्ष्य भएकाले हामीले परिवर्तन गरेर देखाउनेछौँ ।’

    मन्त्री राणाले राजनीतिमा दुई अनुभवी व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा रहेकाले देशलाई गन्तव्यमा पुर्याउने दाबी गरिन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend