logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • सिटिजन्स बैंकका ग्राहकले सूर्य हस्पिटलमा छुट पाउने

    सिटिजन्स बैंकका ग्राहकले सूर्य हस्पिटलमा छुट पाउने

    364
    Shares
    सिटिजन्स बैंकका ग्राहकले सूर्य हस्पिटलमा छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सास्थित सूर्य हस्पिटल प्रालीबीच समझदारी भएको छ । बैंक र हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

    सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले सूर्य हस्पिटल प्रालीमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् ।

    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स् बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटिएम, ३ विस्तार काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend