logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • तराईमा हुने अपराधिक गतिविधिमा राजनीतिक दलहरु आफैँ संलग्न छन् : सांसद पन्त

    तराईमा हुने अपराधिक गतिविधिमा राजनीतिक दलहरु आफैँ संलग्न छन् : सांसद पन्त

    392
    Shares
    तराईमा हुने अपराधिक गतिविधिमा राजनीतिक दलहरु आफैँ संलग्न छन् : सांसद पन्त

    काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का सांसद एवं पूर्वमन्त्री रघुजी पन्तले तराईमा हुने अपराधिक घटनामा राजनीतिक पार्टीका मानिसहरु आफैँ संलग्न रहेको आरोप लगाएका छन् । बुधबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सो जिकिर गरेका हुन् ।

    तराईका पोलिटिसिएनहरुले कुनै न कुनै रुपमा त्यहाँ हुने अपराधिक गतिविधिमा सम्बन्ध राखेका कारण त्यहाँको अपराध नियन्त्रण गर्न प्रहरीले नसकेको सांसद पन्तको जिकिर थियो । उनले सबै राजनीतिक दलका मानिसहरुको तराईमा अपराधिक गतिविधिमा सम्बन्ध भएकाले त्यहाँको अपराध नियन्त्रण गर्नका लागि सरकारले सो विषयमा विशेष ध्यान दिनुपर्ने बताए ।

    सांसद पन्तले खुला सीमानाको नियमनका कडाई गर्नसके पनि नेपालको तराई क्षेत्रमा हुने अपराधिक गतिविधिमा आधा न्युनिकरण गर्न सकिने दाबी गरे ।

    उनले भने, ‘हाम्रो तराईतिरको असुरक्षाका मुल कारण भनेको खुला सीमाना हो । त्यसकारण मेरो भनाई के हो भने तराईको अपराधलाई नियन्त्रण गर्ने हो भने खुला सीमानालाई नियमन गर्न शुरु गरौं । र त्यसलाई बिस्तारै अरु अन्तर्राष्ट्रिय सीमानाजस्तै तहमा पु¥यायौँ भने तराईमा देखिएको आधा अपराधको घटना नियन्त्रण हुन्छ । अब यो त प्रहरीको कन्ट्रोलमा छैन । दुई देश बीचको सम्बन्ध पनि हो ।

    खुला सीमाना त प्रहरीले नियन्त्रण गर्न सक्दैन । तर हामीले बिर्सन नहुने कुरा के हो भने उतापट्टिी चाहीँ उनीहरुले चाहेको बेला सीमाना टाईट गरिदिन सक्छन् । यता हामीले भने चाहेको बेला गर्न सकिराखेका छैनौं । त्यसकारण यसमा के ध्यान दिइयोस् भन्दाखेरी दीर्घकालीन रुपमा यो खुला सीमानालाई नियमन गर्नैपर्छ । तर त्यो भन्दा अगाडि तराईका पोलिटिसिएनहरु कुनै न कुनै त्यहाँ हुने नकारात्मक गतिविधिसँग हामी सम्बन्ध पाउँछौं । यो दल, त्यो दल नभन्नुस् ।

    तराईको यो सिरियस समस्या पनि छ । यो कुरामा सरकारले कडाई गर्नसक्यो भने राम्रो हुन्छ । जब अपराधका घटनामा पोलिटिकल मान्छेहरु इन्भल्भ भएपछि पोलिसलाई गाली गरेर रोकिन्न ।

    सांसद पन्तले सुरक्षाकर्मीहरुलाई अत्यावश्यक बस्तुको अभाव हुन नदिन पनि सरकारलाई सचेत गराए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend