logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • आम उपभोक्ताको हितमा काम गछौँ : गृहमन्त्री लेखक

    आम उपभोक्ताको हितमा काम गछौँ : गृहमन्त्री लेखक

    315
    Shares
    आम उपभोक्ताको हितमा काम गछौँ : गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले मूल्य वृद्धिलगायतका आम उपभोक्ताको हितको कामलाई सरकारले प्रभावकारी रुपमा अघि बढाउने बताएका छन् ।

    बुधबार अपरान्ह सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागका पदाधिकारी तथा प्रतिनिधिहरुसँगको भेटमा उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

    मन्त्री लेखकले दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा वितरणको सम्बन्धमा देखिएको समस्या जायज भएकाले यसको समाधानका लागि सरकार क्रियाशील भएर लागिपर्ने बताए । उनले आम नागरिकाक समस्या समाधान गर्ने दायित्व सरकारको भएकाले त्यसलाई गम्भिरतापूर्वक लिएर कार्यान्वयनमा लैजाने आश्वासन दिए ।

    मन्त्री लेखकले भने, यो दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा वितरणको सम्बन्धमा पार्टीको महत्वपूर्ण समिति हो । तपाईहरुले यसमा उल्लेख गर्नुभएका विषयहरु अत्यन्त महत्वपूर्ण छन् । यो आम नागरिकसँग सम्बन्धित कुरा र राज्यले गर्नुपर्ने, देखाउनुपर्ने विषय भएकाले हुनाले जे कुरा यहाँ ल्याउनुभएको छ । जायज कुरा छन् । त्यसलाई अत्यन्तै गम्भिरताका साथ लिएर हामी कार्यान्वयनमा लाग्छौं ।’

    त्यस अवसरमा विभागले गृहमन्त्री लेखकलाई आम उपभोक्ता मूल्य वृद्धिको मारमा परेको, भारतबाट हुने गरेका चोरी निकासीका कारण स्वदेशी उत्पादनले बजार नपाएको र राजस्व समेत गुमाउनु परेकोलगायतका मागसहितको ज्ञापन पत्र बुझाएको थियो ।

    गृहमन्त्री लेखकले आम उपभोक्ताको हितका लागि बुझाएको सो ज्ञापन पत्रमा उल्लेख गरिएको बूदाहरु आफूले सक्रियतापूर्वक कार्यान्वयनमा लैजाने बताएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend