logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सहकारी अभियानका थालनीकर्ता विश्ववन्धु थापासँग छानविन समितिको छलफल

    सहकारी अभियानका थालनीकर्ता विश्ववन्धु थापासँग छानविन समितिको छलफल

    448
    Shares
    सहकारी अभियानका थालनीकर्ता विश्ववन्धु थापासँग छानविन समितिको छलफल

    काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले सहकारी अभियानका थालनीकर्ता विश्ववन्धु थापा र ओरेन्टल सहकारीका सञ्चालक सुधिर बस्नेतसँग छलफल गरेको छ ।

    बुधवार समितिले थापा र बस्नेतसँग छुट्टा-छुट्टै छलफल गरेको समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले बताए । उनले अभियन्ता थापाले २०१७ सालमा जुन उद्देश्यले सहकारीको अभियान थालनी भएको थियो, सो अनुसार चल्न नसक्दा अहिले समस्या आएको समितिलाई जानकारी दिएको बताए ।

    छलफलमा मान्छे असल भए संस्था बलियो हुने र अघि बढ्ने तथा खराब व्यक्ति भए राम्रो गर्न सम्भव नरहेको बताएको पनि सभापति थापाले जानकारी दिए । सभापति थापाले त्यो बेलामा साझा केन्द्रको अवधारणा पञ्चायतलाई राजनीतिक परिपाटीका रुपमा र साझालाई आर्थिक प्रणालीका रुपमा अगाडि बढाएको समितिलाई जानकारी दिएको उल्लेख गरे ।

    उनले त्यो बेलाको साझा केन्द्रमा पनि सरकार परिवर्तन हुने बित्तिकै अध्यक्ष र प्रवन्धक परिर्वतन हुने भएकाले राम्रोसँग अघि बढ्न नसकेको बताएको उल्लेख गरे । थापाले राजनीतिक र सहकारी सञ्चालनको लागि असल व्यक्ति चाहिने बताएको जानकारी सभापति थापाले दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend