logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • चार वटा सुरक्षा निकाय हुँदा पनि जनताले सुरक्षित महशुस गर्न सकेनन् : सांसद थानी

    चार वटा सुरक्षा निकाय हुँदा पनि जनताले सुरक्षित महशुस गर्न सकेनन् : सांसद थानी

    567
    Shares
    चार वटा सुरक्षा निकाय हुँदा पनि जनताले सुरक्षित महशुस गर्न सकेनन् : सांसद थानी

    काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले देशमा चार वटा सुरक्षा निकाय हुँदा पनि जनताले सुरक्षित महशुस गर्न नसकेको बताएका छन् । बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    सुरक्षाको अनुभुति आम नागरिकले गर्न नपाएको उनको भनाइ थियो । उनले मुलुकको विद्यमान अवस्था नाजुक रहेको बताए । उनले शान्ति सुरक्षाको लागि क्विक रेस्पोन्स नरहेको पनि जिकिर गरे ।

    उनले शान्ति सुरक्षा दिन नसके विकास निर्माणको गति पनि अघि बढ्न नसक्ने बताए ।

    उनले भने, ‘देशमा चार वटा सुरक्षा निकाय छन् । चार चार वटा सुरक्षा निकाय हुँदा जनताले सुरक्षाको अनुभुति गर्न पाउने की नपाउने ? म गृहमन्त्रीज्युका अगाडि भन्छु, आइजीपी सावहरुका अगाडि भन्छु । सुरक्षाको अनुभुति आम नागरिकले गर्न पाएका छैनन् । आइजिपी सावहरु दुवै जना यहीँ हुनुहुन्छ । मुलुकको विद्यमान अवस्था यो छ । कोही त बोल्नुपर्ने हो नि त ।

    किन नबोल्ने ? मै सांसद हुँ । हिँड्छु । शान्ति सुरक्षाको लागि क्विक रेस्पोन्स छैन । शान्ति सुरक्षा अहिले दिन सकिएन भने विकास निर्माणको गति पनि अघि बढ्न सक्दैन ।’

    सांसद थानीले सुरक्षा निकायलाई आवश्यक पर्ने हतियार र सामग्रीहरुको व्यवस्थापन राज्यले चाँडो भन्दा चाँडो गर्नुपर्ने बताए । सरकारले नसक्ने हो भने आफ्नो क्षेत्रको बजेट काटेर सुरक्षा निकायलाई हतियार किन्ने व्यवस्था मिलाइदिन आग्रह गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend