सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

भारतमा लगानी बढाउँदै टोयोटा मोटर, २ खर्ब भारुमा महाराष्ट्रमा तेस्रो प्लान्ट स्थापना गर्ने

भारतमा लगानी बढाउँदै टोयोटा मोटर, २ खर्ब भारुमा महाराष्ट्रमा तेस्रो प्लान्ट स्थापना गर्ने

एजेन्सी । जापानको टोयोटा मोटर कम्पनी लिमिटेड आक्रामक रुपमा भारतमा लगानी विस्तारमा लागेको छ । टोयोटाले भारतको महाराष्ट्रमा तेस्रो उत्पादन कारखाना स्थापना गर्ने भएको छ । गाडी उत्पादन गर्नका लागि महाराष्ट्र सरकारसँग टाटा किर्लोस्करले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ । उक्त प्लान्ट स्थापना गर्न २ खर्ब भारु लगानी हुने भएको छ ।

टोयोटा किर्लाेस्कर मोटरले बुधबार एक विज्ञप्ति जारी गरी कम्पनीले छत्रपति सम्भाजी नगरमा ग्रीनफिल्ड प्लान्ट निर्माण सुविधाको स्थापनाको जाँच गर्न महाराष्ट्र सरकारसँग एमओयूमा हस्ताक्षर गरेको जानकारी दिएको छ । भारतको कर्नाटकमा मुख्यालय रहेको टाटाले भारतको किर्लोस्करसँगको साझेदारीमा पहिला नै बेंगलुरु नजिकै बिदाडीमा दुईवटा उत्पादन इकाइहरू सञ्चालनमा छन् ।

कर्नाटकमा अटोमेकर यसको समूह कम्पनीसहित १ खर्ब ६० अर्ब भारु भन्दा बढी लगानी गरिसकेको छ । सम्पूर्ण मूल्य श्रृंखलामा ८६ हजार रोजगारी सिर्जना गरेको छ ।

टोयोटाको सञ्चयी निर्यात योगदान ३ खर्ब २० अर्ब भारु रहेको छ । जसले कम्पनीको निर्यात फोकसलाई प्रतिनिधित्व गर्ने कम्पनीले भनेको छ । टोयोटा किर्लाेस्कर मोटरका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) मासाकाजु योशिमुराले भने, ‘आजको एमओयू हस्ताक्षरले हामीलाई स्थानीय र विश्वव्यापी रूपमा गुणस्तरीय गतिशीलता समाधानका साथ जीवनलाई समृद्ध बनाउन योगदान दिन सक्षम बनाउँदै देशको विकासको अर्को चरणमा अघि बढ्दै जाँदा महत्त्वपूर्ण बिन्दु हो ।’

प्रस्तावित लगानी, एक पटक फाइनल भएपछि बहुवर्षको अवधिमा बनाइने अपेक्षा गरिएको छ । सम्भावित रूपमा यस क्षेत्रमा पर्याप्त रोजगारी सिर्जना र आर्थिक वृद्धिमा योगदान पुर्याउने बताइएको छ। सोसियल मिडिया एक्समा पोस्ट गर्दै महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले प्लान्टको लागि २ खर्ब भारु लगानीको अनुमान गरेका छन् ।

‘महाराष्ट्रलाई रूपान्तरण गर्दै, मराठवाडाको विकास गर्दै भारतप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनःपुष्टि गर्दै टोयोटा किर्लाेस्कर मोटर्सले महाराष्ट्रमा ग्रीन फिल्ड उत्पादन सुविधा सुरु गर्न तयार छ’ उनले भने ।

टोयोटा किर्लोस्करको हाल बिदादीमा रहेका दुई इकाइमा ३ लाख ४२ लाख टोयोटा गाडी सवारी उत्पादन क्षमता रहेको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend