logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • आयल निगमले घटायो पेट्रोल र डिजेलको मूल्य

    आयल निगमले घटायो पेट्रोल र डिजेलको मूल्य

    518
    Shares
    आयल निगमले घटायो पेट्रोल र डिजेलको मूल्य

    काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। बिहीबारदेखि लागू हुने गरी निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मूल्य घटाएको हो।

    निगमले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ र डिजेल तथा मट्टीतेलमा २ रूपैयाँ घटाएको छ। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।
    भारतीय आयल कर्पोरेसन लिमिटेड (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले मूल्य घटाएको हो ।

    निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा पेट्रोल लिटरको १ सय ७० रुपैयाँ पर्नेछ । झापा, विराटनगर जनकपुर, नेपालजञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा १ सय ६७ रुपैयाँ ५० पैसा तथा सुर्खेत र दाङ क्षेत्रमा १ सय ६९ रुपैयाँ पर्ने भएको छ ।

    डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १ सय ५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १ सय ५७ रुपैयाँ र तेस्रो वर्गमा १ सय ५८ रुपैयाँ पर्नेछ ।

    आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन। आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ।

    पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना प्रत्येक(१५ दिनमा आयल निगमलाई मूल्य पठाउँछ। सोही सूचीका आधारमा इन्धनको नयाँ मूल्य तय हुन्छ ।

    आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend