logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • देशभर दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

    देशभर दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

    294
    Shares
    देशभर दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

    काठमाडौँ । देशभर दुई हजारभन्दा बढीमा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका दुई हजार ६१ जनामा सङ्क्रमण देखिएको जानकारी दिए ।

    मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेङ्गु रोगको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरेको उनले बताए ।

    मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिएको जनाइएको छ । सबैभन्दा बढी काठमाडौँमा दुई सय ४९ जनामा डेङ्गु देखिएको छ । यस्तै झापामा एक सय ३० र चितवनमा एक सय पाँच जनामा सङ्क्रमण देखिएको छ ।

    उपत्यकामा तीन सय १६ जनामा सङ्क्रमण

    उपत्यकामा मात्रै तीन सय १६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । काठमाडौँमा दुई सय ४९, भक्तपुरमा ३८ र ललितपुरमा २९ जनामा देखिएको सङ्क्रमण देखिएको हो ।

    रोग शाखा प्रमुख डा दाहालले डेङ्गु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । “डेङ्गु रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो । यसका लागि आफ्नो घर वरिपरि तथा कार्यस्थलमा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिनुपर्दछ”, उनले भने ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend